नेपाल–भारत फ्रन्चाइज इन्भेष्टमेन्ट एक्सपोको आयोजना

काठमाडौं, जेठ १
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) द्वारा भारतीय राजदूतावास र फ्रन्चाइज इण्डियाको सहकार्यमा नेपाल भारत फ्रन्चाइज इन्भेष्टमेन्ट एक्सपोे एण्ड कन्क्लेभको आयोजना गरिने भएको छ । काठमाडौंमा बुधबारदेखि उक्त कार्यक्रम सुरु हुने महासंघले जनाएको छ । कार्यक्रमको पहिलो दिन भोलि विभिन्न विषयहरुमा दुवै देशका उद्यमी व्यवसायीहरुको सहभागितामा बृहत् छलफल हुनेछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार एक विशेष समारोहका बीच काठमाडौंको होटल याक एण्ड यतिमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेपाल र भारतबीच आपसी सम्बन्ध विस्तार र उद्यमशीलताको प्रवर्द्धनमार्फत विभिन्न ब्रान्डहरूमा लगानी गर्ने अवसरहरू सिर्जना गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिन लागेको महासंघले जनाएको छ । दुई दिनसम्म चल्ने सो कार्यक्रममा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूले एक्सपोमा आफ्नो ब्रान्डहरूको प्रदर्शन गर्नेछन् । एक्सपोले व्यवसायमा सीधा र अप्रत्यक्ष रूपमा संलग्न भएका व्यक्तिहरूलाई सहभागी हुनसमेत आकर्षित गर्नेछ भने व्यावसायिक सञ्जाल विस्तार र लगानी आकर्षणमा समेत यो कार्यक्रम महत्वपूर्ण माध्यम बन्न सक्ने विश्वास प्रकट गरिएको छ ।

एक्सपोमा विभिन्न ब्रान्डहरू जस्तै रिटेल, शिक्षा, फिटनेस, फेशन, फुड र विभेरेज, रियल एस्टेट, टेक्नोलोजी र अन्य व्यवसायहरू रहनेछन् । सम्मेलनमा मुख्यतः अन्तर्राष्ट्रिय मार्केटमा आफ्नो विशिष्ट पहिचान बनाएका ब्रान्डहरूमा लगानी गर्ने रुचि रहेका लगानीकर्ताहरूको सहभागिता हुनेछ । एक्सपोमा नेपालबाट अग्नि ग्रुप, टीव्रेवाला ग्रुप, मेरो घर, सीटी ड्रिम्स, सांग्रिला, हिमालयन जाभा, गोल्डस्टार, अल्पाइन पश्मिना (च्याङ्ग्रा) हाउस प्रालि सभा नेपाल र श्रीजयकाली जडीबुटीलगायतका कम्पनीहरूको सहभागिता रहनेछ  । त्यसैगरी भारतीय ब्राण्डहरूमा नाइन किड्स, अमेरिकन स्कुल, वेस्ट सेलर, वाइक स्टुडियो, बम्वे डाइङ, क्याप, चाए गरम, कपर चिम्नी, युक्लिनलगायतका रहनेछन् । कार्यक्रममा दुवै देशका गरी करिब ६० वटा ब्राण्डहरूले भाग लिनेछन् । कार्यक्रमको पहिलो दिन नेपालमा व्यवसाय र उद्यमशीलता विकासका लागि नयाँ मार्गचित्र, नेपाललाई केले विशाल व्यावसायिक गन्तव्य बनाउन सक्छ ?

खुद्रा व्यवसायमा व्यावसायिक अवसरहरूलगायतका पाँच विभिन्न विषयमा दुवै देशका सफल व्यवसायीहरूले आ—आफ्ना अनुभवहरू आदान–प्रदान गर्नेछन् । उक्त सम्मेलनलाई विशेषगरी एक्सपो र कन्क्लेभ गरी दुई भागमा व्यवस्थापन गरिएको छ । जसअनुसार दुई सय पचास इच्छुक व्यवसायी र लगानीकर्ता कन्क्लेभमा र करिब एक हजार एक्सपोमा सहभागीे हुने लक्ष्य राखिएको छ । कार्यक्रमलाई अग्नि इन्कर्पोरेटेडले मुख्य प्रायोजन गरेको छ भने प्लाटिनम स्पोन्सर टीब्रेवाला, गोल्ड स्पोन्सर मेरो घरर जीएमआर, सिल्भर स्पोन्सर नेपाल एसबीआई र सीटी अफ ड्रिम्स, ब्रोन्ज स्पोन्सरमा साङ्ग्रिला चप्पल रहेका छन् ।

एक्स्पोको बारेमा जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आयोजक एफएनसीसीआईका अध्यक्ष भवानी राणाले उद्यमशीलतामा इच्छुक र व्यावसायिक अवसरहरूमा लगानी गर्न रुचि भएका अन्तर्राष्ट्रिय ब्राण्डहरूसँग सहकार्यको अवसर खोजिरहेकाहरूका लागि ध्यानमा राखी महासंघले यो सम्मेलन आयोजना गर्ने जमर्को गरेको बताइन् । उनले नेपालमा रहेका व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय नेटवर्क बढाउनका लागि सहायता र सजिलो गेटवेको प्रारम्भ गर्न महासंघको सदैव सहयोग रहनेसमेत उल्लेख गरिन् ।

कार्यक्रममा भारतीय राजदूतावासका कमर्स सेक्रेटरी कपिलध्वज प्रताप सिंहले नेपालको आर्थिक व्यावसायिक विकासको अभियानमा सहयोग पु-याउने प्रयास स्वरुप भारतीय राजदूतावास, फ्रेन्चाइज इण्डिया र महासंघको पहलमा यो कार्यक्रम आयोजना हुन लागेको स्पष्ट पारे । उनले विश्वकै सर्वोत्कृष्ट ब्रान्डको प्रयोग गर्ने अत्यधिक इच्छा नेपाली ग्राहकहरूमा रहेको र नेपालको अर्थव्यवस्था समेत बढ्दै गएकाले नेपालमा रहेका व्यवसायहरूले यहाँको मार्केटमा यस्तै ब्रान्डहरू उपलब्ध गराउन आवश्यक रहेको बताए ।

कार्यक्रममा फ्रेन्चाइज इण्डियाका सीईओ सचिन मार्याले यस्ता कार्यक्रमले नेपालमा प्रविधि, सीप तथा अन्तर्राष्ट्रिय फ्रेन्चाइज ल्याउनसमेत सहयोग पु-याउने बताए । दुई दिनसम्म चल्ने उक्त कार्यक्रमबाट नेपालमा अन्तर्राष्ट्रिय ब्राण्डहरूको आकर्षण, व्यावसायिक सम्बन्ध विस्तार, अन्तर्राष्ट्रिय ब्राण्डहरूसँग नेपाली ब्राण्डहरूको सहकार्यको सम्भाव्यता, नेपाली ब्राण्डहरूलाई स्तरोन्नति गर्न सहयोग पुग्ने, प्रविधि, सीप तथा विकासको मोडल भित्रन सक्ने, लगानीको वातावरण बन्ने र रोजगारी सृजनामा सहयोग पुग्ने विश्वास गरिएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अस्वस्थ प्रतिस्पर्धा बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो समस्या हो

रूपन्देहीबाट उदाएका सक्षम बैंर्कसको रूपमा चिनिने प्रदिपकुमार श्रेष्ठ वित्तीय क्षेत्रको परिचित नाम हो । क्षेत्रीयस्तरबाट सञ्चालनमा आएका रूपन्देहीका दुई विकास बैंकहरू एक आपसमा मर्जर भएर बन्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदीय जिम्मेवारी सम्हाल्नुले पनि श्रेष्ठको वित्तीय क्षेत्रमा सफल र सक्षम नेतृत्वले कुशल कार्यव्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट...

प्रदिपकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, तिनाउ मिसन डेभलपमेण्ट बैंक लि., रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com