नेपाल चेम्बर र कम्बोडियाबीच दुईपक्षीय व्यापार विकास सम्झौता

काठमाडौं, जेठ १
नेपाल चेम्बर अफ कमर्स र कम्बोडिया चेम्बर अफ कमर्सबीच सम्झौता भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हु सेनको उपस्थितिमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र कम्बोडिया चेम्बर अफ कमर्सका उपाध्यक्ष लिम हेङबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । एक कार्यक्रमबीच दुई देशको व्यापारिक विकास र वैदेशिक सम्बन्ध प्रगाढ र सुदृढ कायम गर्नका लागि सम्झौता भएको छ । दुई देशहरुमा प्रचलित कानुन र नियमहरुको ढाँचाभित्र द्विपक्षीय व्यापार सम्बन्धहरुको थप विस्तारको प्रशंसा गर्दै सामान्य, व्यापार र वाणिज्य विकासको लागि दुवैको व्यापारिक समुदायहरुबीच राम्रो सहयोग र समन्वयको भावनालाई जोड दिने पत्रमा उल्लेख छ । ९ बुँदे सम्झौतापत्रमा दुई देशबीच आपसी सम्बन्ध सुमधुर, व्यापारिक विकास, वैदेशिक सम्बन्ध, लगानी, पर्यटन र व्यापारिक प्रदर्शन गर्ने उल्लेख छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com