एनसेलले ल्यायो ‘ट्राभलर्स सिम’

काठमाडौं, जेठ १
नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको ‘ट्राभलर्स सिम’मार्फत आकर्षक भ्वाइस तथा डेटा बण्डलिङ्ग सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल प्रालिले मंगलबार (वैशाख ३१) देखि लागू हुने गरी ‘ट्राभलर्स सिम’ योजना ल्याएको छ । यसअन्तर्गत, नेपाल भ्रमणमा आउने विदेशी पाहुनाले मात्र एक सय १० रुपैयाँ (करसहित)मा सजिलै ट्राभलर्स सिमको स्टार्टर प्याक खरिद गर्न सक्नेछन् । यसका साथै पर्यटकले आफ्नो आवश्यकता तथा नेपालमा रहने अवधिअनुसार विभिन्न भोल्युमका कम्बो प्याकहरुबाट फाइदा लिन सक्नेछन् ।

स्टार्टर प्याकको खरिदमा पर्यटकले ट्राभलर्स सिमसहित ३० रुपैयाँको मेन ब्यालेन्स र तीन दिनको लागि मान्य हुने ३०० एमबी डेटा प्राप्त गर्नेछन् । यसरी प्राप्त हुने मेन ब्यालेन्स एनसेल नेटवर्कभित्र कुरा गर्न प्रयोग गर्न सकिनेछ । ‘ट्राभलर्स सिम’अन्तर्गत स्टार्टर प्याक सुचारु भएपछि पर्यटकहरुले आफ्नो आवश्यकताअनुसार ४ सय ९० रुपैयाँदेखि एक हजार ९ सय ६० रुपैयाँसम्मका विभिन्न समयसीमा रहेका भ्वाइस तथा डेटा बण्डलिङ्ग गरिएको कम्बो प्याकहरु खरिद गर्न सक्नेछन् । यो योजनाअन्तर्गत कम्बो प्याकमा लाइट, मिडियम, हेभी र सुपर गरी चार विकल्पहरु रहेका छन् ।

पर्यटकले ७ जीबी डेटा र २० मिनेट अन नेट टक टाइम रहेको लाइट प्याक करसहित मात्र ४ सय ९० रुपैयाँमा सुचारु गर्न सक्नेछन् । यो प्याक सुचारु गरेको दिनदेखि ७ दिनसम्म मान्य रहनेछ । अलिलामो समयको लागि नेपाल भ्रमणमा आउने पर्यटकले मिडियम तथा हेभी प्याक लिन सक्नेछन् । मिडियम प्याकअन्तर्गत ग्राहकले करसहित ९८० रुपैयाँमा १४ जीबी डेटा तथा ३० मिनेट अन नेट टक टाइम प्राप्त गर्नेछन् र यो १४ दिनको लागिमान्य रहनेछ । त्यस्तै हेभि प्याकअन्तर्गत करसहित एक हजार ४ सय ७० रुपैयाँमा २१ जीबी डेटा र ४० मिनेट अन नेट टक टाइम पाइनेछ । यो २१ दिनको लागि मान्य रहनेछ । नेपाल भ्रमणमा रहेको बेला भ्वाइस तथा डेटा भोलुम बढी चाहिने ग्राहकले करसहित मात्र एक हजार ९ सय ६० रुपैयाँमा सुपर प्याक सुचारु गर्न सक्नेछन् । यो प्याकअन्तर्गत ग्राहकले २८ दिन समयसिमा रहेको २८ जीबी डेटा र ५० मिनेट अन नेट टक टाइम पाउनेछन् ।

‘ट्राभलर्स सिम’ योजनाको कम्बो प्याक ग्राहकले एस्ट्रिक्स१७१०५ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार सुचारु गर्न सक्नेछन् । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुका लागि भ्वाइस र डेटा सेवा बण्डल गरी ‘ट्राभलर्स सिम’ योजना सञ्चालनमा ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । यो योजनाले नेपाल भ्रमणमा रहने विदेशी पाहुनाहरुको सञ्चार सेवाको आवश्यकतालाई सहज रुपमा सुलभ दरका साथ सम्बोधन गर्ने विश्वास एनसेलले लिएको छ । सुरुमा यो सिम एनसेलको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एनसेल काउण्टर र देशका विभिन्न भागमा रहेका एनसेल सेन्टरहरुमा उपलब्ध हुनेछ र पछि विस्तारै एनसेलका सबै प्वाइन्ट अफ सेल्सहरुबाट पनि लिन सकिनेछ । यो सिम लिनका लागि पर्यटकले आफ्नो एक थान पासपोर्ट साइज फोटो र पासपोर्टको फोटो कपी बुझाउनुपर्दछ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com