इटहरीमा अग्नि ग्रुपको स्पेयर पार्ट बिक्री कक्ष

काठमाडौं, जेठ १
अग्नि ग्रुपअन्तर्गतको बालाजु अटो वक्र्स प्रालिले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना गरिएको बिक्री कक्षबाट महिन्द्राका स्पेयर पाट्र्स, लुब्रिकेन्ट तथा अन्य आवश्यक एक्सोसरिजहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथी पेट्रोल पम्पसँगै रहेको यस बिक्री कक्षको उद्घाटन युगल सिंह (स्पेयर पार्ट प्रमुख, अग्निग्रुप)ले गरेका थिए । उद्घाटन कार्यक्रममा अमितकुमार चौधरी (डिलर नेटवर्क प्रमुख, अग्निग्रुप) लगायत कम्पनीका कर्मचारी, पूर्वका डिलरहरु तथा स्थानीय जनसमुदायको सहभागितासमेत रहेको थियो ।

समुद्घाटन समारोहसँगै २०७६ जेठ महिनाभर कम्पनीले स्पेयर पार्टहरुमा १२ प्रतिशतसम्म छुट दिने घोषणा समेत गरेको छ । यो स्पेयर पार्ट बिक्री कक्ष वैशाख ३० गतेदेखि सञ्चालनमा आएको छ । कम्पनी केवल सवारी बिक्री गर्न तर्फमात्र केन्द्रित नभई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्वसुलभतातर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको छ । साथै चाहिएको बेला सर्वसुलभ तरिकाबाट समयमै ग्राहकरुलाई स्पेयरपार्टहरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य रहँदै आएको जनाएको छ । नयाँ स्पेयर पार्ट बिक्री कक्षसँगै कम्पनी र ग्राहकबीचको सम्बन्ध अझ बलियो बन्ने कम्पनीले विश्वास लिएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com