‘एक्स्काभेटरमा आगजनी गर्नेलाई कारबाही गर’

काठमाडौं, जेठ १
रौतहटको गुजरा नगरपालिका–६ मा परसवा, पल्टुवा खतबैयामा निर्माणाधीन सडकमा प्रयोग भएको एक्स्काभेटरमा आगजनी गरिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सहरी पूर्वाधार निर्माणमा रहेको रमण–सगरमाथा–सगुन जेभी निर्माण कम्पनीको बा.१प ७३२४ नम्बरको एक्स्काभेटरमा आगजनी गरिएको जेभी कम्पनीका मुख्य सञ्चालक सहदेव खड्काले बताए । महासंघले मंगलबार विज्ञप्ति जारी गरी आगजनीको घटनाको कडा शब्दमा भत्र्सना गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न र पीडित व्यवसायीलाई उचित क्षतिपूर्ति दिन सरकारसमक्ष माग गरेको छ । भौतिक पूर्वाधार निर्माणमा खटिएका निर्माण व्यवसायी र तथा उनीहरुको उपकरणको सुरक्षामा सरकारले चासो नदिँदा देशभरका व्यवसायीहरु त्रसित रहेकाले व्यवसायी तथा उनीहरुको उपकरणको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन महासंघले विज्ञप्तिमार्फत माग गरेको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com