ग्लोबल आईएमई बैंकको थप छ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौं, जेठ १
ग्लोबल आईएमई बैंकले विभिन्न जिल्लाहरुमा थप छ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका – ७, तेबाङमा १ सय ३३ औं, कैलाली जिल्लाको बर्दगोरीया गाउँपालिका – ४, मूढा बजारमा १ सय ३४ औं, बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका– १४, हटियामा १ सय ३५ औं, सिराहा जिल्लाको अर्नामा गाउँपालिका – ३, रामजानकी बजारमा १ सय ३६ औं पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका – ४, देवीनगरमा १ सय ३७ औं, र बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका – ७, रेश नुन्थलामा १ सय ३८ औं, शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको हो । यी छ वटै शाखारहित बैंकिङ सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन भएका हुुन् । यसका साथै बैंकले अत्तरिया शाखामा १४५ औं एटीएम पनि सञ्चालनमा ल्याएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिस होम, सीडीएमए, युुटिएल र एनटिसी को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेका यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनका लागि बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १ सय ३७ वटा शाखा, २६ वटा एक्सटेन्सन काउण्टर एवं राजस्व सङ्कलन काउण्टर, १ सय ४५ एटीएम तथा १ सय ३८शाखारहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना १० लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा १५ लाखसम्मको विनाधितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ साथै अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com