छिमेक लघुवित्त वित्तीय संस्थाको १७ औं वार्षिक साधारणसभा

काठमाडौं, जेठ १
छिमेक लघुवित्त वित्तीय संस्थाको १७ औंं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले हेटौंडाको होटल सामनामा यही वैशाख ३० गते सोमबार वित्तीय संस्थाका अध्यक्ष विश्वमित्र श्रेष्ठको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सो अवसरमा वित्तीय संस्थाका अध्यक्ष श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । काठमाडौंको मध्यबानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको संस्थाले हालसम्ममा ६७ जिल्लामा १ सय ३४ वटा शाखामार्फत कुल ३ लाख ६५ हजार ६ सय ६ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रममार्फत सेवा दिइरहेको छ । २०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७४/०७५ मा ६६ करोड ६६ लाख १० हजार नौ सय ९८ रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ ।

सेयरधनीहरुलाई आव २०७४/०७५ को मुनाफाबाट २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत बोनस सेयर गरी कुल ४० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय यस साधारणसभाले गरेको छ । उक्त अवसरमा वित्तीय संस्थाकी संस्थापक अध्यक्ष श्रीमती भुवनेश्वरी पन्तलाई यस संस्थाको तर्फबाट सम्मान समेत प्रदान गरिएको संस्थाले जानकारी दिएको छ । साथै सो अवसरमा रक्तदान कार्यक्रमसमेत सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा ४१ जना कर्मचारी तथा महानुभावहरुबाट रक्तदान गरिएको थियो । यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशीले यस संस्थाको वर्तमान अवस्था तथा भावी योजनाको बारेमा मन्तव्य राखेका थिए ।

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com