साउदी अरेबियाको तेल जहाजमा आक्रमण

दुवई, जेठ १
संयुक्त अरब इमिरेट्सको समुद्री क्षेत्रमा साउदी अरेबियाका दुई तेल जहाजमा आक्रमण भएको बताएको छ । साउदी अरेबियाका अनुसार यस घटनासँगै विश्व तेल आपूर्तिकै सुरक्षा खतरा बढेको छ । होर्मुजको स्ट्रेटबाहिर यस्तो आक्रमण भएको हो । होर्मुज स्ट्रेट महत्वपूर्ण तेल ट्रान्जिट हो । यहाँबाटै विश्वको २० प्रतिशत तेल निर्यात हुने गर्छ । दुवै जहाजमा रास टानुरा भन्ने बन्दरगाहबाट साउदी क्रुड तेल भरिएको थियो । जुन तेल अमेरिका निर्यात हुने क्रममा रहेको थियो । मध्यपूर्वमा अहिले इरानसँग अमेरिकाको बढ्दो तनावसँगै ठूलो संख्यामा अमेरिकी सैनिक समेत परिचालित भएका छन् । अमेरिकाले इरानी तेल निर्यातलाई शून्यमा झार्ने बताएको छ । तेल बोकेका जहाजमा ड्रोनबाट आक्रमण भएको बताइएको छ । 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com