अमेरिकी भन्सार शुल्कवृद्धिको निशानामा ३ खर्ब डलरका चिनियाँ वस्तु

बेइजिङ, जेठ १
अमेरिकी अधिकारीहरुले ३ खर्ब डलर मूल्यका चिनियाँ वस्तुमा भन्सार शुल्क २५ प्रतिशत पु-याउने तयारी थालेका छन् । अघिल्लो साता नै २ खर्ब डलर मूल्यका चिनियाँ वस्तुमा भन्सार शुल्क बढाएको अमेरिकाले पुनः १ खर्ब डलर मूल्यका चिनियाँ वस्तुहरुमा भन्सार शुल्क बढाउन सूची तयार गरिरहेको हो ।अमेरिकाले भन्सार शूल्क बढाएसँगै चीनले पनि ६० अर्ब डलरका अमेरिकी वस्तुमा उत्तिकै मात्रामा मे १ देखि लागू हुने गरी शुल्क बढाउने बताइसकेको छ । सोमबार मात्रै चीनले शुल्कवृद्धिबाटै प्रतिवाद गरेपछि अमेरिकाले थप १ खर्ब मूल्यका वस्तुको सूची तयार गरिरहेको बताइएको छ । दुवै देश एक अर्काविरुद्ध उत्रिएसँगै विश्वव्यापी आर्थिक वृद्धिदरलाई लिएर चिन्ता बढेको छ ।

प्रविधिप्रतिको चिनियाँ महत्वाकांक्षलाई लिएर पश्चिमा देशहरु चिन्तित बनिरहेका छन् ।यता चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग शुआंगले चीनले पनि आफ्नो स्वार्थको रक्षा गर्ने क्षमता राख्ने प्रतिक्रिया दिएका छन् । अमेरिकाले ३ हजार ८ सय ५ वटा वस्तुको सूची तयार पारेको बताइएको छ । यसमा ल्यापटप, कम्प्युटर, स ब्लेड, टर्बाइन सामान, लसुन आदि परेका छन् । अमेरिकाले यसपछि औषधिजन्य र खनिजजन्य पदार्थमा पनि भन्सार महसुल बढाउने तयारी गरेको छ । गत वर्षको जुलाईदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ वस्तुमाथि भन्सार शुल्क बढाउन सुरु गरेका थिए ।

विश्व सेयर बजारमा असर :- यसैबीच, दुई देशबीच पुनः व्यापारिक तनाव चर्किएपछि विश्व सेयरबजारमा त्यसको असर देखिनथालेको छ । मंगलबार एसियाली सेयरबजार ओरालो लागेको छ । चीनको मुख्य बजार इन्डेक्स ०.७ प्रतिशतले ओरालो लाग्दा टोकियोको बेन्चमार्क ०.६ प्रतिशतले घटेको छ । त्यसलाई हंगकंग, अस्ट्रेलिया र ताइवानले पछ्याएका छन् । तर युरोपमा भने यसको ठीक उल्टो देखिएको छ । त्यस्तै अमेरिकी डो जोन्स इन्डस्ट्रियल र एसएण्डपी ५०० पनि ०.५ प्रतिशत र ०.६ प्रतिशतले बढेका छन् ।

सोमबार डो जोन्स २.४ प्रतिशतले घटेको थियो भने टेक हेभी नास्डाक ३.४ प्रतिशतले ओर्लिएको थियो । यसका बाबजुद अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग अझै सम्झौता हुनेमा आशावादी रहेको बताएर लगानीकर्तालाई आश्वस्त पारिरहेका छन् । उपयुक्त समयमा चीनसँग सम्झौता हुने उनको भनाइ छ । २० राष्ट्रको बैठकमा चिनियाँ राष्ट्रपति सि जिनपिंगसँग भेटवार्ता गर्ने उनले सोमबार बताएका थिए । जी२० राष्ट्रका प्रमुखहरुबीच जापानको ओसाकामा जुन २८ र २९ मा भेटघाट सम्मेलन हुँदै छ । 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com