भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्री डा. महतको आह्वान
काठमाडौं । नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् ।
मङ्गलबार गुजरातमा भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गरेको अर्थ मन्त्रालयले जनाएको छ । भर्खरै मात्र भारतसँग दश हजार मेघावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले नेपालमा जलविद्युत् उत्पादन प्रोत्साहित हुने र धेरै विद्युत् खपत गर्ने उद्योगलाई समेत प्रशस्त सम्भावनाका ढोका खोलेको उनले बताए ।
नेपालबाट उत्पादित सामानले भारतमा पनि सहज पहुँच प्राप्त गर्ने हुँदा लगानीमा सहजता बढ्दै जाने क्रममा रहेको मन्त्री महतले बताए । नेपालमा विद्युत् मात्र नभई कृषि उद्यम, सूचना प्रविधि पर्यटनसमेत आकर्षक क्षेत्र रहेको, कृषि तथा पर्यटन उद्योगमा लगानीको अपार सम्भावना रहेको र नीतिगतरूपमा कुनै पनि समस्या नरहेकाले निर्धक्क भई लगानी गर्न उनले लगानीकर्तालाई अनुरोध गरेका हुन् ।
नेपालमा सूचना प्रविधिको विकासले गति लिन थालेको र भारतमा भन्दा सस्तो दरमै जनशक्ति उपयोग गर्न सकिने हुँदा प्रतिस्पर्धी क्षमतासमेत बढ्न सक्ने सम्भावना रहेको मन्त्री महतले बताए ।
गुजरातका उद्योगी व्यवसायी नेपालमा लगानी विस्तार तथा व्यवसाय स्थापना गर्न इच्छुक रहेको उल्लेख गर्दै गुजरात उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सन्दीप इन्जिनियरले त्यसका लागि प्रक्रियागत सहजीकरण गरिदिन अनुरोध गरे । कार्यक्रममा अर्थ मन्त्रालय र दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूले नेपालमा लगानी क्षेत्र तथा सम्भावनाका विषयमा भारतीय उद्योगी व्यवसायीलाई जानकारी गराएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
- विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान
- नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
- दुर्घटना अपडेटः गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो
- एन्फाका उपाध्यक्ष दावा लामा लागू औषध कारोवार गरेको आरोपमा पक्राउ
- आठ ओभरमा सीमित खेलमा नेपालविरुद्ध ब्याटिङ गर्दै साउदी अरेबिया
- गाजाको शरणार्थी शिविरमा आक्रमण : सात बालबालिकासहित १३ को मृत्यु
- अर्थमन्त्री पुन र विश्व बैंकका दुई उपाध्यक्षबीच भेटवार्ता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया