ओयोकोे बुकिङ खुल्ला

काठमाडौं, जेठ ३
ओयो होटल्स एण्ड होम्स, दक्षिण एसियाकै सबैभन्दा ठूलो, चीनको दोस्रो सबैभन्दा ठूलो र विश्वकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको लिज्ड तथा फ्रेन्चाइज होटल, घर तथा आवासले आज पहिलो त्रैमासिकको ट्राभल बुकिङ सूची सार्वजनिक गरेको छ । ओयोले नेपालीहरुको गर्मी भ्रमणलाई लक्षित गर्दै यस्तो योजना सुरु गरेको हो । सूचीअनुसार अघिल्लो वर्षको बुकिङको समान अवधिको तुलनामा यस वर्ष कुल बुकिङमा २ सय २१ प्रतिशतले वृद्धि भएको छ, जसमा नेपालीहरुले पनि गर्मी विदा मनाउने योजना अगाडि नै बनाउन सुरु गरेको कम्पनीको भनाइ छ । प्रत्येक ७२.४८ सेकेण्डमा एउटा ओयो बुक हुने गरेको होटलको भनाइ छ । यसमध्ये सबैभन्दा बढी बुकिङ भएका गन्तव्य काठमाडौं, पोखरा र विराटनगर हुन् ।

रोचक कुरा त के छ भने, काठमाडौं ती गन्तव्यमध्ये शीर्ष स्थानमा रहेको छ, जसमध्ये अधिकतम बुकिङ जोडीहरुले (५७.२७ प्रतिशत) गरेका छन् । परिवार र एकल यात्रुहरुले समान संख्यामा (२१.३६ प्रतिशत)बुकिङ गरेका छन् । नेपालमा इन्टरनेटको प्रयोग बढ्दो छ र नेपाली यात्रुहरुले छुट्टीको योजना बनाउन आधुनिक प्रविधिको प्रयोग गर्नमा देखाएको उत्साहलाई एपमार्फत भएका बुकिङले प्रष्ट झल्काउने ओयोले जनाएको छ । यो भनेको ४०.७९ गुणाले डेक्सटप बुकिङभन्दा माथि हो । बजेट श्रेणीका होटलहरु अन्यभन्दा उच्च संख्यामा बुकिङ भइरहेको होटलले जनाएको छ।

गर्मीयामसँगै आएको बुकिङको बढ्दो प्रचलनको लोकप्रियतालाई लिएर, ओयो होटल्स एण्ड होम्स, भारत र दक्षिण एसियाका प्रमुख कार्यकारी अधिकृत आदित्य घोषले भने, ‘परिवार र साथीहरुसँग गर्मी विदा मनाउँदै हुर्किनु हामी सबैको जीवनको महत्वपूर्ण पाटो हो ।’ अधिकांशले यो समयलाई आफ्ना प्रियजनसँग बिताएर सदुपयोग गर्न रुचाउने उनको भनाइ छ । ओयोमा सुलभ, गुणस्तरीय भ्रमण तथा आवासको विकल्पलाई ध्यान दिइएको उनले बताए । ओयो काठमाडौं, पोखरा, धुलिखेल, भक्तपुर, नगरकोट, चितवन, विराटनगर, हेटौँडा, नेपालगञ्ज तथा धनगढी गरेर नेपालका १० सहरहरुमा सञ्चालनमा आइसकेको छ । भारत, मलेसिया तथा इन्डोनेसियाका अत्यधिक बुकिङ भएका सहरहरु क्रमशः गोवा, क्वालालम्पुर तथा जकार्ता हुन् । भारतमा अघिल्लो वर्षको तुलनामा यस वर्ष बुकिङमा १ सय १९ प्रतिशतले वृद्धि भएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

जनतालाई भार नहोस् भनेर करको न्यून दर तोकेका छौं

नमूना गाउँपालिका बनाउने धेरै योजना छन् । पहिलो कुरा पालिकालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सम्पन्न बनउनुपर्दछ । त्यसका साथै भौतिक विकासमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्रमुखताका साथ अघि बढाएका छौं । जनतालाई आत्मनिर्भर तथा स्वरोजगार कार्यक्रमहरु सञ्चालनमा ल्याएकोले आगामी दुई/तीन वर्षभित्र पालिकाका सम्पूर्ण जनताको आधारभूत आवश्यकता पूरा हुनेछ । साथै आर्थिक अवस्था र जीवनशैलीमा परिवर्तन...

वंशलाल तामाङ अध्यक्ष, इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com