Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंकद्वारा नेपालमै पहिलो पटक ‘विच्याट अर्डर’को भुक्तानी सेवा सुरु

माछापुच्छ्रे बैंकद्वारा नेपालमै पहिलो पटक ‘विच्याट अर्डर’को भुक्तानी सेवा सुरु


काठमाडौं, साउन ३२
माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक विच्याट वालेटको भुक्तानी सेवा भित्र्याएको छ । नयाँ प्रविधिहरू भित्र्याउन अग्रसर माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनियाँ पर्यटकहरूलाई लक्षित गर्दै विच्याट वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको हो । उक्त सम्झौतापश्चात् नेपाल आउने पर्यटकहरूले माछापुच्छ्रे बैंकसँग आबद्ध मर्चेन्टहरूबाट वस्तु तथा सेवा खरिद गरेबापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरी विच्याट वालेटबाट भुक्तानी गर्न सक्नेछन् । माछापुच्छ्रे बैंकले फर्स्ट–पे टेक्नोलोजी प्रालिसँगको सहकार्यमा उक्त वालेट सञ्चालनमा ल्याएको हो ।

स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवासुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंक पूर्वदेखि पश्चिमका साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना एक सय ५९ वटा शाखाहरू, एक सय ३४ शाखारहित बैकिङ सेवासमेत गरी जम्मा दुुई सय ९३ स्थानमा रहेका सेवा सञ्जाल तथा एक सय ९८ वटा एटीएमहरू तथा एक हजारभन्दा बढी पीओएस पस मेसिनबाट ग्राहकहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ सुविधा प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया