वैदेशिक रोजगारी सुरक्षित बनाउन घर–घरमा होडिङ बोर्ड

खेमराज अधिकारी
खोटाङ, जेठ ६
जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक वडाले वडाभित्रका सबै घरधूरीमा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी जानकारीमूलक होडिङ बोर्ड टाँसेको छ । वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र उपलब्धिमूलक बनाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकाको वडा नम्बर ७ दोर्पाचिउरीडाँडाले सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सन्देश दिने जानकारीमूलक होडिङ बोर्ड वडाका प्रत्येक घरघरमा टाँसेको हो । वडा कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा ९० हजार छुट्याई स्वयंसेवक परिचालन गरेर वडाका ६ सय १० घर तथा केही विद्यालयहरुमा समेत टाँसिएको बोर्डमा ‘सकेसम्म स्वदेशमै रोजगारी गरौँ’, यदि विदेश जाने नै भए सही सूचना र सीप लिएर मात्र जाऔँ’ भन्ने सूचनासहितको सामग्री टाँस गरिएको छ ।

वडाबाट परिचालित स्वयंसेवक मानबहादुर भुजेलका अनुसार उक्त सन्देशमूलक सामग्रीमा वैदेशिक रोजगारीमा जाने तरखरमा रहेका व्यक्तिहरुका लागि वैदेशिक रोजगारीसम्बन्धी आवश्यक सूचना तथा जानकारी, वैदेशिक रोजगारीमा सीप तथा तालिमको महत्व, आवश्यक कागजपत्र तथा तिनको सुरक्षा, भर्पाइ तथा प्रमाण, पुनः श्रम स्वीकृति र व्यक्तिगत सुरक्षाबारे आवश्यक जानकारी दिइएको छ । यस्तै वैदेशिक रोजगारीमा जाँदा नेपालकै विमानस्थल प्रयोग गर्नुपर्ने अन्यथा ठगी तथा अलपत्र पर्न सकिने जानकारीका साथै अप्ठ्यारोमा पर्दा सहयोग गर्ने सहयोगी निकायहरुको बारेमा जानकारी दिइएको छ । यसबाहेक वैदेशिक रोजगारीमा जान चाहनेले नेपाल सरकारबाट स्वीकृतिप्राप्त मेनपावर कम्पनीबाट मात्र काम गराउनुपर्ने, मोबाइलबाट श्रम स्वीकृति भए÷नभएको थाहा पाउने तरिकालगायत उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७४/०७५ को एक तथ्यांकका अनुसार उक्त वडाका २ सय ६६ जना व्यक्तिहरु वैदेशिक रोजगारीका लागि विभिन्न देशहरुमा रहेको वडा कार्यालयले बताएको छ । पछिल्लो समयमा त्यस वडाबाट वैदेशिक रोजगारीमा जानेको संख्यामा दैनिक वृद्धि भइरहेकोले उनीहरुको वैदेशिक रोजगारीलाई थप सुरक्षित र जोखिममुक्त बनाउन वडाभरि होडिङ बोर्ड राख्न वडाले बजेट विनियोजन गरेको वडाध्यक्ष महन्त कुमार राईले बताए । उनले भने, ‘वैदेशिक रोजगारीमा जाने कतिपय वडाबासीहरु वैदेशिक रोजगारसम्बन्धी आवश्यक जानकारी र ज्ञानको अभावमा कहिलेकाहीँ समस्यामा पर्ने गरेकाले अब विदेश जानलागेका व्यक्तिहरुमा यस्तो समस्या नआओस् भनेर यस्तो अभियान चलाइएको हो ।’ 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com