सेयरबजारमा झिनो अंकले गिरावट

काठमाडौं, जेठ ६
सेयरबजारमा झिनो अंकले गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार परिसूचक एक दशमलव ८७ अंकले ओरालो लागेर १३ सय १६ दशमलव ८४ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६५ अंकले ओरालो लागेर दुई सय ८० दशमलव ७९ अंकमा झरेको छ । यस दिन कुल एक सय ७२ कम्पनीहरुको १० हजार पाँच सय २५ वटा कारोबार भएका छन् । जसअनुसार ३२ लाख ८१ हजार एक सय १६ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम एक अर्ब नौ करोड तीन लाख ४८ हजार दुई सय २५ रुपैयाँ पुगेको छ ।

यसदिन नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) १२ वटा समूहको कारोबार भएका छन् । जसअनुसार छ वटा समूहको कारोबार सूचक उकालो लागेपनि बाँकी छ वटा समूहको सूचक ओरालो लागेका छन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव २२ अंकले ओरालो लागेर ११ सय ७२ दशमलव ९७ अंकमा झरेकोमा निर्जिवन बीमा समूहको सूचक पनि ५९ दशमलव तीन अंकले ओरालो लागेर पाँच हजार नौ सय ७० दशमलव ७७ अंकमा झरेको छ । यसैगरी लघुवित्त समूहको सूचक पनि आठ दशमलव पाँच अंकले ओरालो लागेर १५ सय १७ दशमलव ४२ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ५९ दशमलव ७३ अंकले ओरालो लागेर छ हजार छ सय ९४ दशमलव ६६ अंकमा झरेको छ ।

यीबाहेक ट्रेडिङ र होटल समूहको सूचक पनि क्रमश आठ दशमलव ४५ र १२ दशमलव १९ अंकले ओरालो लागेका छन् । विकास बैंक समूहको सूचक भने यसदिन आठ दशमलव ८२ अंकले उकालो लागेर १६ सय २० दशमलव ७५ अंकमा चढेकोमा जलविद्युत् समूहको सूचक पनि तीन दशमलव तीन अंकले उकालो लागेर ११ सय ९३ दशमलव ८४ अंकमा चढेको छ  । फाइनान्स समूहको सूचक पनि पाँच दशमलव ३६ अंकले उकालो लागेर छ सय ३१ दशमलव ३२ अंकमा चढेको छ । यीबाहेक उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमश एक सय दशमलव २६, एक दशमलव ९६ र शून्य दशमलव शून्य तीन अंकले उकालो लागेका छन् ।

यसदिन बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको शिवम सिमेन्टको सेयर मूल्य नौ रुपैयाँ ९७ पैसाले बढेर छ सय २९ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको कर्पोरेट डेभलपमेन्ट बैकको सेयर मूल्य पनि नौ रुपैयाँ ९० पैसाले बढेर एक सय ११ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक रिलायन्स फाइनान्स, प्रोग्रेसिभ फाइनान्स आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको बिशाल बजार कम्पनीको सेयर भने मूल्य पाँच रुपैयाँ ७८ पैसाले घटेर १६ सय ३० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पाँच रुपैयाँ ३९ पैसाले घटेर १२ सय २८ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक आईएमई जनरल इन्स्योरेन्स कम्पनी, नाडेप लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।

यस दिन नेपाल बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता तीन सय ३६ रुपैयाँ अन्तिम मूल्यमा २२ करोड ६८ लाख १९ हजार एक सय ४७ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको शिवम सिमेन्टको पनि छ सय २९ रुपैयाँ अन्तिम मूल्यमा १८ करोड ८७ लाख ९० हजार आठ सय ३३ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक बुटवल पावर कम्पनी, प्रभु बैंक आदिको पनि बढी परिमाणमा सेयर किनबेच भएका छन् । नेप्सेका अनुसार यसदिन कञ्चन डेभलपमेन्ट बैंकको दुई लाख ५३ हजार कित्ता बोनस सेयर सूचीकृत भएका छन्।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

जनतालाई भार नहोस् भनेर करको न्यून दर तोकेका छौं

नमूना गाउँपालिका बनाउने धेरै योजना छन् । पहिलो कुरा पालिकालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सम्पन्न बनउनुपर्दछ । त्यसका साथै भौतिक विकासमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्रमुखताका साथ अघि बढाएका छौं । जनतालाई आत्मनिर्भर तथा स्वरोजगार कार्यक्रमहरु सञ्चालनमा ल्याएकोले आगामी दुई/तीन वर्षभित्र पालिकाका सम्पूर्ण जनताको आधारभूत आवश्यकता पूरा हुनेछ । साथै आर्थिक अवस्था र जीवनशैलीमा परिवर्तन...

वंशलाल तामाङ अध्यक्ष, इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com