Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकद्वारा किओचलाई ५० लाख रूपैयाँ सहयोग

राष्ट्रिय वाणिज्य बैंकद्वारा किओचलाई ५० लाख रूपैयाँ सहयोग


काठमाण्डौं,फागुन १६

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौँं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई रकम सहयोग गरेको छ । बैंकले संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत उक्त संस्थालाई अस्पताल भवन निर्माणको लागि ५० लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ । यस सम्बन्धमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किओचका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाबीच समझदारीपत्रमा एक कार्यक्रममा हस्ताक्षर भएको छ । सो कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले ५० लाख रूपैयाँको चेक किओचका संस्थापक अध्यक्ष प्रा.डा.भगवान कोइरालालाई हस्तान्तरण गरेका हुुन् ।सो अवसरमा किओचका संस्थापक अध्यक्ष कोइरालाले हाल मुलुकभर करिब एक करोड २० लाख बालबालिका भएको र स्वास्थ्य उपचारको अवस्था कमजोर रहेकोमा बैंकको सीएसआरको पैसा बालबालिकाको उपचार हुने अस्पतालमा प्रयोग हुनु पुण्य कार्य भएको र यस्ता सहयोगले अधुरा परियोजनाहरू सञ्चालनमा ल्याउन सघाउ पुग्ने बताए । बैंक सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले राज्यको पहँुच नपुगेको ठाउँमा राष्ट्रिय वाणिज्य बैंकले सीएसआरमार्फत सेवा दिइरहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्वास्थ्य, वातावरण संरक्षण, शिक्षा, खेलकुदलगायतको क्षेत्रमा बैंकले सीएसआरमार्फत सहयोग गरिरहेको बताए । काठमाडौँं इन्ष्टीच्युट अफ चाइल्ड हेल्थ(किओच) बाल स्वास्थ्यको क्षेत्रमा बहुविशिष्टीकृत एउटा अस्पलाल सञ्चालन गर्ने, तालिमप्राप्त दक्ष जनशक्ति तयार गर्ने, गुणस्तर वृद्धि गर्ने, नियमनका विधि र प्रक्रियाको विकास गर्ने, नीति निर्धारण गर्नेलगायतका कार्य गर्ने गरी सवै प्रादेशिक बाल अस्पलातहरूका लागि स्रोत केन्द्रको रूपमा केन्द्रीय बाल अस्पताल सञ्चालन गर्ने गरी स्थापना भएको बाल अस्पताल हो ।

काठमाडौँंको बुढानिलकण्ठमा केन्द्रीय अस्पतालको रूपमा स्थापना हुने यो बाल अस्पताल मुनाफारहित कम्पनीको रूपमा रहने र देशका सातै प्रदेशमा सञ्चालन हुनेछ । बैंकले चालू आवको दोस्रो त्रैमासमा दुुई अर्ब २० करोड रूपैयाँ खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप एक खर्ब ९५ अर्ब रूपैयाँ, कर्जा एक खर्ब ४७ अर्ब रूपैयाँ र बेस रेट छ दशमलव ६० प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा दुुई सय ३९ वटा शाखा कार्यालय, दुुई सय पाँच वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ । कार्यक्रम ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतले सञ्चालन गरेका थिए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू कविराज अधिकारी, केशवप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरू, विभागीय प्रमुखहरू किओचका पदाधिकारीहरूलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया