रामगोपालपुरमा नेशनल माइक्रोफाइनान्सको शाखा थप

काठमाडौं, जेठ ६
राष्ट्रियस्तरको नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–६ रामगोपालपुर बजारमा नयाँ शाखा विस्तार गरेको छ । शाखा कार्यालयको औपचारिक उदघाटन प्रमुख अतिथि नगरपालिकाको मेयर अशोक कुमार मण्डल र प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले संयुक्तरुपमा गरेका थिए ।

उदघाटन कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले संस्थाको सुरुवातदेखि हालसम्मको प्रगतिको साथै संस्थाले प्रदान गर्ने सेवाहरुको बारेमा विस्तृत रुपमा जानकारी गराउदै शाखा कार्यालयको उत्तरोतर प्रगतिको कामना गरे ।

चालू आर्थिक वर्षको २०७५ चैत मसान्तसम्ममा हिमाल, पहाड र तराईका गरी ५० वटा शाखा कार्यालयहरुमार्फत संस्थाको पहुच देशका सातै प्रदेशका ३७ वटा जिल्लाका ७५ हजारभन्दा बढी विपन्न परिवारमा पुगेको छ र हालसम्म संस्थाको लगानीमा रहेको कर्जा तीन अर्ब ४८ करोड र बचत एक अर्ब १५ करोडभन्दा बढी सदस्यहरुबाट संकलन गर्न सफल भएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com