एनआईसी एसिया बैंकको दुई सय ६७औं शाखा

काठमाडौं, जेठ ६
एनआईसी एसिया बैकको दुई सय ६७औँ शाखा जनकपुरधामको पिराडी चौकमा स्थापना गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले शाखा उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राउतले बैंकहरुले प्रदश नं. २ मा डिपोजिट र ब्याज लिने काम मात्र बढी गरिरहेकोले बैैंकलाई आफ्नो क्षेत्र विस्तार गर्न आग्रह गरे । त्यस्तै प्रदेश सरकारले सञ्चालन गरेको विभिन्न अभियानहरुमा बैंकिङ सेक्टरहरुलाई सहयोग गर्न आग्रह गरे । मुख्यमन्त्री राउतले सीएसआरको रकमलाई प्रदेश सरकारसँग समन्वय गरेर शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी गर्न समेत आग्रह गरेका छन् ।

त्यस्तै चालू आर्थिक वर्षमा देशको विभिन्न स्थानीय तहहरुमा आफ्नो बैंकको शाखा तीन सय पु-याउने उद्देश्यका साथ अगाडि बढिरहेको एनआईसी एसिया बैंकले अहिले सम्ममा दुई सय ८३ वटा शाखा स्थापना गरिसकेको एनआईसी एसियाका प्रदेश नं. २ को प्रमुख प्रकाशचन्द्र अधिकारीले बताए । उनका अनुसार अहिले एनआईसी एसियाले देशको विभिन्न क्षेत्रमा दुई सय ८३ वटा शाखा कार्यालय, दुई सय ८९ भन्दा बढी एटीएम सञ्जाल, ४१ वटा एक्सटेन्सन काउन्टर तथा २६ वटा शाखारहित सेवा सञ्चालनमा ल्याइसकेको छ ।

देश आधुनिकतातर्फ बढी रहे पनि प्रदेश नं. २ मा अहिले आठ प्रतिशत व्यक्ति मात्र बैंकसँग जुडेको प्रदेश नं. २ को नीति आयोगको सदस्य डा. सुरेन्द्र झाले बताए । एनआईसी एसिया बैंक पिराडी शाखाका प्रबन्धक जितेन्द्र साहको अध्यक्षतामा भएको उक्त समारोहमा प्रमुख जिल्ला अधिकारी प्रदीप राज कडेल, बैंकका प्रदेश प्रमुख प्रकाशचन्द्र अधिकारी, नेपाल राष्ट्र बैकका प्रमुखसहितको सहभागिता रहेको थियो । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

जनतालाई भार नहोस् भनेर करको न्यून दर तोकेका छौं

नमूना गाउँपालिका बनाउने धेरै योजना छन् । पहिलो कुरा पालिकालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सम्पन्न बनउनुपर्दछ । त्यसका साथै भौतिक विकासमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्रमुखताका साथ अघि बढाएका छौं । जनतालाई आत्मनिर्भर तथा स्वरोजगार कार्यक्रमहरु सञ्चालनमा ल्याएकोले आगामी दुई/तीन वर्षभित्र पालिकाका सम्पूर्ण जनताको आधारभूत आवश्यकता पूरा हुनेछ । साथै आर्थिक अवस्था र जीवनशैलीमा परिवर्तन...

वंशलाल तामाङ अध्यक्ष, इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com