बेलायतको बेरोजगारी दर ४५ वर्षयताकै न्यून

लन्डन, जेठ ६
बेलायतको बेरोजगारी दर ४५ वर्षयताकै न्यून अवस्थामा पुगेको यहाँको सरकारी तथ्यांकले देखाएको छ । बेलायतको युरोपेली संघ (ईयू) बाट हुने भनिएको बहिर्गमन प्रक्रिया लम्बिएर अनिश्चिततातर्फ जाँदा पनि यहाँको अर्थतन्त्रमा स्थिरता कायम देखिएको मंगलबार सार्वजनिक तथ्यांकमा उल्लेख छ । सन् २०१९ को सुरूवाती तीन महिनामा यहाँको बेरोजगार दर ३.८ प्रतिशत कायम भएको र यो सन् १९७४ को अन्तिम त्रैमासिकपछिको न्यून बेरोजगारी दर भएको बेलायती तथ्यांक मामिला हेर्ने कार्यालय (ओएनएस)ले जानकारी गराएको हो । सन् १९७४ को आर्थिक वर्षको अन्तिम त्रैमासिकमा बेरोजगारी दर ३.९ रहेको थियो भने त्यसपछि कहिल्यै पनि यो विन्दुमा नझरेका ओएनएसले जनाएको छ ।

‘ब्रेक्जिटसम्बन्धी अनिश्चितताको मुखमा पनि बेलायतको श्रम बजार आश्चर्यजनकरूपमा लचकदार देखिएको छ’, हारग्रिभ्स ल्यान्सडाउनका वरिष्ठ अर्थशास्त्री बेन ब्रेटेलले पछिल्लो तथ्यांकपछि प्रतिक्रिया दिए । ‘यी साँच्चै अर्थतन्त्रले सामना गरेका मजबुत तरंग हुन् जसलाई तथ्यांकले प्रष्ट्याएको छ’, उनले भने ।ओएनएसले भनेको छ, ‘बेलायतको रोजगारी दर ७६.१ प्रतिशत हुने अनुमान गरिएको थियो, जुन सबैभन्दा उच्च संयुक्त तथ्यांक हो जुन रेकर्डमा राखिएको छ ।’

ब्रेटेलले भने, ‘यहाँ यस्ता प्रामाणिक चासो छन् जसलाई संयुक्त अधिराज्यका कम्पनीहरूले चाहिनेभन्दा बढी पुँजीगत खर्चको तुलनामा श्रमलाई संग्रह गरेका छन् ।’ ‘यस्तो अनिश्चित समयमा तपाइले किन नयाँ योजना र उपकरणमा ठूलो राशी खर्च गर्नुहुन्छ जब तपाईंले थप श्रमिक भित्राउन सक्नुहुन्छ र सोही नतिजा पाउनसक्नुहुन्छ ?’ यस्तै औसत साप्ताहिक आम्दानीलगायत अधिक लाभांशमा भने मार्चसम्म अर्थात् गत तीन महिनामा ३.२ प्रतिशतले कमी आएको तथ्यांकमा उल्लेख छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com