ब्याट्री कार निर्माण प्लान्टमा फक्सवागनले एक अर्ब डलर लगानी गर्ने

बर्लिन, जेठ ६
चर्चित अटोमेकर कम्पनी फक्सवागनले जर्मनीमा रहेको ब्याट्री प्रडक्सन प्लान्टमा १ अर्ब १ करोड अमेरिकी डलर लगानी गर्ने भएको छ ।कम्पनीका प्रमुख कार्यकारी हर्बट डाइसले मंगलबार आफ्ना सवारीसाधनलाई विद्युतीय बनाउने प्रयासस्वरुप यस्तो निर्णय लिएको बताएका हुन् । उनका अनुसार उक्त प्लान्ट साल्जिट्टरको उत्तर सहरमा निर्माण हुनेछ । जहाँ अहिले पनि वायुऊर्जाको सहज आपूर्ति भइरहेको छ । फक्सवागन डिजेल उत्सर्जन स्क्यान्डलबाट अगाडि बढिरहेको छ । उक्त स्क्यान्डलले कम्पनीलाई ३० बिलियन युरो घाटा व्यहोर्नुपरेको थियो । यसअघि सोमबार प्रतिस्पर्धी कम्पनी डायम्लरले सन् २०३९ सम्ममा आफ्ना यात्रुवाहक कारलाई कार्बनरहित बनाउने घोषणा गरेको थियो । जर्मनीले ग्रिनहाउस ग्यास उत्सर्जनमा कमी ल्याउन धेरै पहिलेदेखि नै प्रयास गरिरहेका बेला फक्सवागन, डायम्लरजस्ता कम्पनीले पनि त्यसलाई साथ दिने भएका छन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com