विज्ञापन प्रचारमा भाजपाको खर्च धेरै

नयाँ दिल्ली, जेठ ६
भारतमा भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले डिजिटल सेवामा गरेको चुनावी प्रचार निकै खर्चिलो देखिएको छ । अप्रिल ११ देखि आइतबारसम्म गरेर ७ चरणमा निर्वाचन सम्पन्न भएको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपाले फेसबुक तथा गुगलको विज्ञापनमा सबैभन्दा बढी खर्च गरेको हो । भाजपाले विज्ञापनका लागि २१ करोड भारतीय रुपैयाँ भन्दा बढी खर्च गरेको जनाइएको छ । गत फेब्रुअरीदेखि मे महिनासम्म भारतमा राजनीतिक दलहरुले डिजिटल सेवा फेसबुक तथा गुगलमा ५३ करोड खर्च गरे । फेसबुकको तथ्यांक अनुसार फेसबुकमा १ लाख २१ हजार राजनीतिक विज्ञापन प्रकाशन भएका थिए । जहाँ पार्टीहरुले २६ करोड ५ लाख खर्च गरे ।

त्यस्तै गुगलमा १४ हजार ८३७ विज्ञापन गरिए । पार्टीले गुगललाई २७ करोड ३६ लाख बुझाए । मोदीको दल भाजपाले ४ करोड २४ लाख फेसबुकमा खर्च गरेको थियो। फेसबुकमा भाजपाले २५ सय विज्ञापन गरे। यस्तै गुगलमा भाजपाले २७ करोड खर्चिएको भारतीय मिडियाहरुले जनाएका छन् । विपक्षी दल भारत राष्ट्रिय काँग्रेसले फेसबुकमा १ करोड ४६ लाखमात्र खर्चगर्दा गुगलमा २ करोड ७१ लाखमात्र खर्च ग-यो । यस्तै इन्डिया त्रिनामोल काँग्रेसले फेसबुकमा २९ लाख २८ हजार खर्चगर्दा आम आदमी पार्टीले फेसबुकमा १३ लाख ६२ हजार खर्चियो । आइतबार भारतमा लोकसभा निर्वाचन सम्पन्न भएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

जनतालाई भार नहोस् भनेर करको न्यून दर तोकेका छौं

नमूना गाउँपालिका बनाउने धेरै योजना छन् । पहिलो कुरा पालिकालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सम्पन्न बनउनुपर्दछ । त्यसका साथै भौतिक विकासमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्रमुखताका साथ अघि बढाएका छौं । जनतालाई आत्मनिर्भर तथा स्वरोजगार कार्यक्रमहरु सञ्चालनमा ल्याएकोले आगामी दुई/तीन वर्षभित्र पालिकाका सम्पूर्ण जनताको आधारभूत आवश्यकता पूरा हुनेछ । साथै आर्थिक अवस्था र जीवनशैलीमा परिवर्तन...

वंशलाल तामाङ अध्यक्ष, इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com