डलरसँग पाकिस्तानी रुपियाँ कमजोर हुनुको कारण

फरहत जावेद/बीबीसी हिन्दी, जेठ ६
पाकिस्तानी रुपियाँको मूल्य घटेको छ र डलर निकै महंगो भएको छ । यो खबर चारैतिर छ । तर यसका अर्थ के हो? यसको महसुस तपाईंलाई त्यस समयमा हुन्छ, जब इन्धन लिन पेट्रोल पम्पमा जानुहुन्छ वा कुनै सामान किन्न पसलमा पुग्नु हुन्छ । सामान्यतः इन्धन र खाना यस्तो आवश्यक वस्तु हो र जसको मूल्य जतिसुकै बढोस्, बजारमा त्यसमा माग कहिले पनि घट्दैन । जब कि पेट्रोल वा खाद्य वस्तु महंगो भयो भने तपाईंले बुझ्नुपर्छ, डलरको तुलनामा रुपियाँ कमजोर भएको छ भनेर । तर डलर नै किन?

खासमा, कुनै पनि देशको विदेशी मुद्रा भण्डार सुन वा डलरको रुपमा हुने गरेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा करिब ६२ प्रतिशत खरिदबिक्री यही मुद्रामा हुन्छ । यही कारण हो कि प्रत्येक देशसँग डलरका पर्याप्त भण्डारण हुनुपर्दछ । जसको माध्यमबाट तपाईं ऋण चुक्ता गर्न र आयात गर्न सक्नुहुन्छ । आयात, अन्य देशसँगको द्विपक्षीय व्यापार, विदेशी लगानी आदिबाट हुने कमाइबाट यसमा सन्तुलन बनाएर राख्ने गरिन्छ । जब कि कुनै कारणले सन्तुलनमा बिग्रियो भने डलरमा भण्डारबाट कम हुन थाल्छ र यो गिरावटलाई कम गर्नका लागि स्थानीय मुद्राको अवमूल्यन गरिन्छ । प्रत्येक क्रियाको विपरीत प्रतिक्रिया हुन्छ, डलरको कमी र स्थानीय मुद्राको अवमूल्यनले मुद्रास्फीति हुन्छ अर्थात् महंगी बढ्छ ।

डलर र रुपियाँको सम्बन्ध :-तर आमधारणा के छ भने पाकिस्तानमा डलरका मूल्यमा वृद्धि भएको छ र खुला बजारमा यसका कमीका कारण भने भर्खरै अन्तर्रा्ष्ट्रिय मुद्रा कोष(आईएमएफ)ले दिएको ऋणसँग जोडिएको छ । जब कि केही विशेषज्ञ आईएमएफको अतिरिक्त डलरका तुलनामा रुपियाँको अवमूल्यन र डलरको माग तथा मूल्यमा भएको वृद्धिको अन्य कैयौं कारण रहेका छन् । यस्तो अवस्थामा आउनुपछि के–के कारण छ भनेर बताउनेछौं तर त्यसअघि डलर र रुपियाँ सम्बन्धमा के भइरहेको छ भन्ने पहिले बताउनेछौं ।

डलरको मूल्य कसरी तय हुन्छ ? कुनै पनि मुद्राको मूल्य त्यसको माग र आपूर्तिमा निर्भर हुन्छ । कुनै पनि मुद्राको कम आपूर्ति र त्यसको माग बढी हुँदा त्यसका मूल्य बढ्छ । पाकिस्तानमा पनि अहिले त्यही भएको हो । डलरको मूल्य निर्धारणका तीन तरिका रहेका छन् । पहिलो विदेशी मुद्रा कति डलरमा खरिद गरिन्छ । यसलाई एक्सचेन्ज रेट वा विनियम दर भनिन्छ । विदेशी मुद्रा बजारमा फरेक्स ट्रेडर्सले मुद्राको दर निर्धारण गर्छन् । माग र आपूर्तिलाई ध्यान दिएर यसका दर तय हुन्छ । यही कारणले तपाईंले पूरै दिन डलर र रुपियाँको मूल्यमा उतारचढाव भएको देख्न सक्नुहुन्छ । दोस्रो तरिकामा ट्रेजरी बण्डका मूल्य राखिएको हुन्छ । जसलाई तपाईं सहज रुपमा डलरमा परिवर्तन गर्न सक्नुहुन्छ । जब ट्रेजरी बण्डको माग बढ्छ, डलरको मूल्य पनि स्वतः बढ्छ ।

तेस्रो तरिका हो विदेशी मुद्राको भण्डारका मध्यामबाट मूल्य निर्धारण गर्नु । यसको अर्थ हो सरकारसँग कुल कति डलर छ । यदि खजानामा डलर कम भयो भने त्यसको आपूर्ति पनि कम हुनजान्छ, यसले अमेरिकी डलरको मूल्य बढ्छ । आर्थिक विशेषज्ञ तथा एसडीपीआई (सस्टेनेबल डेभ्लपमेन्ट पोलिसी इन्स्टिच्युट) थिङ्क ट्याङ्कका प्रमुख आबिद सुलेहरीले डलरको मूल्यवृद्धिको एउटा कारण आईएमएफले अघि सारेका शर्तहरु पूरा गर्न स्टेट बैंक अफ पाकिस्तान (केन्द्रीय बैंक)ले पूरा गरेको कारण हुनसक्ने बताए । ‘आईएमएफले निर्धारण गरेको शर्त पूरा गर्नका लागि आफ्नो विदेशी मुद्राको भण्डार बढाउन एसपीबीले खुला बजारबाट डलर किनेको छ, जसको कारण खुला बजारमा यसको माग बढेकोले यस्तो हुन गएको हुनसक्छ’, उनले भने ।

उनले दोस्रो करण ‘अनुमानित खरिद’ हुन सक्ने बताए । अहिले पाकिस्तानमा आईएमएफसँग भएको सम्झौताको कारण आगामी दिनमा रुपियाँको मूल्य अझै घट्छ भन्ने अफवाह रहेको छ । कुन–कुन शर्तमा पाकिस्तानले आईएमएफसँग ऋण लिएको हो स्पष्ट भइसकेको छैन । यही कारणले डलरका खरिदकर्ता आगामी दिनमा रुपियाँको मूल्यमा थप कमी आउने वा यही स्थिर हुन्छ भन्ने अन्योलमा रहेको छ । यही डलरबाट उनीहरुले धेरैभन्दा धेरै डलर किनेका छन् । यसबाट बजारमा डलरको अभाव भएको छ र मूल्य बढाएको छ ।

मनी चेन्जरको भूमिका ? ‘पाकिस्तानमा कहिले कहाँ ठूला मनी चेन्जरले डलरको कृत्रिम अभाव गरिदिन्छन् । यसको आपूर्ति कम हुन्छ । त्यसैअनुसार माग बढ्छ र डलर महंगो हुन्छ । परिणामतः यसको तुलनामा रुपियाँ कमजोर हुन्छ’, उनले भने, ‘मलाई के लाग्छ भने अहिले डलरको मूल्य बढ्नुको पछि यस्तै अफवाहहरुले ठूलो भूमिका खेलेको छ ।’ विदेशी मुद्रा र यस प्रकारको कृत्रिम अभावलाई आम रुपमा मुद्रा संकलन गरिन्छ वा अब रुपियाँको धेरै अवमूल्यन हुन्छ भनेर अफवाह फैलाइन्छ । यसपछि अत्यधिक डलर किन्ने कोसिस हुन्छ ।

माग र आपूर्ति यो परिवर्तनबाट डलरको मूल्य बढ्छ र रुपियाँको अवमूल्यन सुरु हुन्छ । तर आबिद सुलेहरीको भनाइप्रति एक्सचेन्ज कमिसन एसोसिएसनका महासचिव जफर पराचा पूर्ण रुपमा असन्तुष्ट छन् । उनी सरकारी नीतिहरुको असफलतालाई लुकाउनका लागि मनी एक्सचेन्जमाथि लगाएको निराधार आरोप भएको बताउँछन् । ‘यो सरकारको असफलता हो, यो पूरै प्रक्रियामा स्टेट बैंक अफ पाकिस्तान र आईएमएफ यसरी सहभागी भएका छन् कि क्रेताहरुसामु आउन पनि डराइरहेका छन् । ‘उनीहरु ‘ग्रे मार्केट’तर्फ मोडिएका छन्’, उनले भने ।

‘ग्रे’ वा ‘ब्ल्याक’ मार्केट के हो ? ‘पाकिस्तानमा ग्रे वा ब्ल्याक मार्केटका आकार डलर खरिद र बिक्री वैध बजार ठूलो छ’, जफर परचाले भने । उनी यसका लागि सरकारी नीतिलाई जिम्मेवार मान्दछन् । ‘सरकार आफैँ हुन्डी र हवाला –वित्तीय हस्तान्तरण प्रणाली)लाई बढाउन कोसिस गरिरहेजस्तो लाग्छ । क्रेताहरु हामीबाट टाढा भएका छन् । जब उनीहरुलाई अनावश्यक रुपामा सोधपुछ गरिन्छ, उनीहरु हामी भएको स्थानमा किन आउँछन्?’, उनले भने, ‘जब यसको खरिदबिक्री हाम्रो माध्यमबाट हुँदैन भनेर विदेशी मुद्रा भण्डार प्रभावित भइहाल्छ ।’ पाकिस्तानको केन्द्रीय बैंकमा एक कर्मचारीले पाकिस्तानमा डलर माफिया धेरै शक्तिशाली भएको बताए । उनीहरु डलरको अभाव वा कृत्रिम अभाव बनाउन कोसिस गर्ने गर्छन् किनभने रुपियाँ अवमूल्यन होस् र क्रेताले महंगो मूल्यमा खरिद गरोस् भन्ने चाहने उनले बताए ।

पाकिस्तान कसरी प्रभावित भएको छ ? निश्चित रुपमा यसबाट आम मानिस प्रभावित हुने गरेका छन् । आर्थिक मामिलाका विशेषज्ञ रिजवाना रज्जाक डलरका तुलनामा रुपियाँका अवमूल्यनको असर एउटा मात्रै तह मात्रै नभएर सबै वर्गमा मानिसमा पर्ने बताउँछन् । ‘सबैभन्दा बढी प्रभावित हुनेमा आयातकर्ता हुन् । पाकिस्तानमा निर्यातको तुलनामा आयात धेरै रहेको छ । डलरका मूल्यवृद्धिको कारणले आयातको लागत थप बढ्छ । आयात धेरै महंगो हुन्छ डलर किन्नुपर्ने हुन्छ र ग्राहकसँग वस्तु पुग्दा धेरै महंगो भइसकेको हुन्छ’, उनले भने, ‘यहाँसम्म कि यसरी बढ्ने मूल्यका कारण स्थानीय उत्पादनका मूल्य पनि बढ्न जान्छ । कहिले कच्चा पदार्थको नाममा त कहिले बढ्दो मूल्यका वहावको कारणले हुन्छ । यही कारण नै डलर जति महंगो हुन्छ, पाकिस्तानका लागि समस्या त्यति नै धेरै बढ्छ ।’

अर्कोतर्फ आबिद सुलेहरी भने, ‘यदि यो अफवाह वा कृत्रिम कारणले बढेको हो भने केही दिनमा सबै कुरा ठीक हुँदै जानेछ । तर डलरको मूल्य लामो समय रह्यो भने यसले भयंकर परिणाम ल्याउनेछ ।’ उनले डलरका मूल्य वृद्धिबाट तुरुन्तै प्रभावित हुनेमा उच्च मध्यम वर्ग भएको बताए । ‘यसका अर्थ के हो भने यो वर्ग आयातित वस्तुका उपयोग गर्छन् । त्यसका आयात लागत बढ्छ, त्यसैले मूल्यवृद्धि हुन्छ । यो सबैले पेट्रोलियम उत्पादनको आयात पनि प्रभावित गर्नसक्छ’, उनले भने, ‘यसले उत्पादन महंगो हुन जान्छ । त्यसो परिणामस्वरुप यससँग सम्बन्धित सबै उत्पादन महंगो हुन्छ ।’ अब डलर(रुपियाँका उतारचढाव र आईएमएफको ऋणले मुद्रास्फीति वा महंगी के हुन्छ भनेर हेर्न बाँकी नै छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

जनतालाई भार नहोस् भनेर करको न्यून दर तोकेका छौं

नमूना गाउँपालिका बनाउने धेरै योजना छन् । पहिलो कुरा पालिकालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सम्पन्न बनउनुपर्दछ । त्यसका साथै भौतिक विकासमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्रमुखताका साथ अघि बढाएका छौं । जनतालाई आत्मनिर्भर तथा स्वरोजगार कार्यक्रमहरु सञ्चालनमा ल्याएकोले आगामी दुई/तीन वर्षभित्र पालिकाका सम्पूर्ण जनताको आधारभूत आवश्यकता पूरा हुनेछ । साथै आर्थिक अवस्था र जीवनशैलीमा परिवर्तन...

वंशलाल तामाङ अध्यक्ष, इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com