इजरायलले कृषिमा सघाउने

पोखरा, जेठ ९
नेपालका लागि इजरायलका राजदूत बिनी ओमरले नेपालको कृषि क्षेत्रमा सघाउने बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले मंगलबार पोखरामा आयोजना गरेको नेपाल र इजरायलबीचको व्यावसायिक सहकार्यको सम्भावना विषयक कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । इजरायलले कृषिमा गरेको उन्नतिबाट नेपालले धेरै कुरा सिकेर कृषिमा निर्भर हुनसक्ने उनको भनाइ थियो । भारतमा इजरायलले अपनाएको आधुनिक कृषि प्रणालीको अनुशरण गर्दै तालिम केन्द्र नै बनेको प्रसङ्ग निकाल्दै उनले भने, ‘नेपालले आवश्यक ठानेमा हामी यहाँ पनि त्यस्तो तालीम केन्द्र निर्माणका लागि सहयोग गर्न तयार छौँ ।’

उनले साना किसान बैंकमार्फत हरेक वर्ष पाँच सयको हाराहारीमा नेपाली कृषिबारे सिक्न इजरायल जाने गरेको बताए । इजरायलबाट फर्केकाहरुले कृषि क्षेत्रमा गरेको प्रगति लोभलाग्दो भएको उनको भनाइ थियो । उनले नेपाली अर्थतन्त्र उकास्न कृषिमा आधुनिकीकरण महत्वपूर्ण हुने सुझाव पनि दिए । राजदूत ओमरले संसारभर व्यापारको भाषा एउटै हुने भन्दै पोखरा र इजरायलका व्यवसायीबीच सहकार्यको क्षेत्र खोज्न सकिने बताए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष नारायण कोइरालाले इजरायलको कृषि र घरेलु क्षेत्रमा काम गरेका नेपालीले त्यहाँबाट फर्केपछि गरेको उन्नतिको चर्चा गरे ।

इजरायलको थोपा सिँचाइको प्रयोग, उत्पादकत्व बढाउन प्रयोग गरिने आधुनिक प्रविधि तथा कठिन श्रमको सम्मिश्रण अनुकरणीय भएको कोइरालाको भनाइ थियो । कार्यक्रममा संघका वाणिज्यतर्फका उपाध्यक्ष पवनकुमार प्रजापतिले सानो देश भए पनि इजरायलले गरेको आर्थिक उन्नति सबैका लागि अनुकरणीय भएको बताए । प्रजापतिले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको व्यवसायीकरणमा जोड दिँदै आएको पोखरा उद्योग वाणिज्य संघ कृषि क्षेत्रमा इजरायलसँग साझेदारी गर्न तयार रहेको उल्लेख गरे । संघका महासचिव अर्जुन पोखरेलले राजदूतको पोखरा भ्रमणसँगै पोखरा उद्योग वाणिज्य संघ र इजरायलबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताए । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com