हलेसीमा पुष्प खेतीप्रति आकर्षण बढ्दै

खेमराज अधिकारी
खोटाङ, जेठ ९
पुष्प खेतीबाट मनग्य अम्दानी हुन थालेपछि हलेसीका महिला समूहहरु व्यावसायिक पुष्प खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानस्थित गैरीगुठ र डाडाँगुठमा प्रगतिशील पुष्प खेती समूहका २० जना महिला कृषकहरुले उत्पादन गर्दै आएको बेमौसमी पुष्प खेतीले राम्रो राम्रो अम्दानी दिन थालेपछि त्यसतर्फ कृषक महिलाहरु आकर्षित हुन थालेका हुन् । हलेसी तुवाचुङ नगरपालिकाले गत वर्ष महिला लक्षित कार्यक्रमअन्तर्गत विनियोजन गरेको ५० हजार बजेट तथा नगर कृषि शाखाको प्राविधिक सहयोगमा स्थानीय महिलाले सुरु गरेको सयपत्री फूलको खेती राम्ररी फस्टाउनुका साथै राम्रो आम्दानी हुनथालेको पुष्प खेतीमा आबद्ध कृषकहरुले बताएका छन् ।

प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हलेसी अवस्थित वडामै लगाइएको फूल खेतीबाट यतिखेर हप्तामा प्रतिव्यक्ति तीन हजार पाँच सय रुपैयाँदेखि सिजनमा फूल बेचेरै मासिक प्रतिव्यक्ति ५० देखि ६० हजार रुपैयाँसम्म आम्दानी लिन सफल भएको नगरपालिकाले जनाएको छ । महिलाहरुले सुरु गरेको पुष्पखेती फस्टाउँदै गएपछि नगरपालिकाले कृषक महिलाहरुलाई थप हौसला दिन चालू आर्थिक वर्षमा पनि दुई लाख बजेट छुट्याएर पुष्पखेतीका लागि आवश्यक प्लास्टिक टनेल, फूलको बीउ, सिँचाइका लागि हजारीहरु वितरण गरिएको र आवश्यक अन्य सहयोगहरु निरन्तर गरिने नगरप्रमुख इवन राईले बताए । हलेसीमा उत्पादित अधिकांश फूल धार्मिक तथा पर्यटकीय स्थल हलेसीमा पूजाआजाका लागि तथा नगरपालिकामा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा खपत हुने गरेको छ भने केही मात्रामा कहिलेकाहीँ बाहिरी जिल्लाहरुमा समेत निर्यात हुने गरेको छ ।

फूल उत्पादनमा वृद्धि हुँदै जाँदा स्थानीयस्तरमा बजारको अभाव भए बजारको व्यवस्था समेत गरिदिने नगरपालिकाले बताएको छ । हलेसीबाहेक जिल्लामा हालसम्म व्यावसायिक रुपमा फूलखेती नगरिएका कारण विभिन्न चाडपर्व तथा उत्सवहरुमा बाहिरी जिल्लाबाट लाखौंका फूल तथा प्लास्टिकका मालाहरु भित्रिने गरेका छन् । नगरपालिकाकै धितुङमा पनि कृषकहरुले व्यावसायिक पुष्प खेती सुरु गरेकाले कृषकहरु फूलखेतीमा आत्मनिर्भर हुनुका साथै बाहिरी जिल्लाबाट हुने फूलको आयातलाई समेत प्रतिस्थापन गर्दै लैजाने नगरले अपेक्षा राखेको छ । सुख्खाग्रस्त क्षेत्र घोषित हलेसीमा हाल पानीको विकराल समस्याका कारण कृषि व्यवसाय फस्टाउन सकिरहेको छैन । त्यस क्षेत्रको पानीको समस्यालाई मध्यनजर गर्दै करिब एक करोड ३३ लाखमा निर्माणाधीन बृहत् दूधकोशी लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएपछि पानीको समस्या हल हुनुका साथै कृषि व्यवसाय फस्टाउने अनुमान गरिएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

जनतालाई भार नहोस् भनेर करको न्यून दर तोकेका छौं

नमूना गाउँपालिका बनाउने धेरै योजना छन् । पहिलो कुरा पालिकालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सम्पन्न बनउनुपर्दछ । त्यसका साथै भौतिक विकासमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्रमुखताका साथ अघि बढाएका छौं । जनतालाई आत्मनिर्भर तथा स्वरोजगार कार्यक्रमहरु सञ्चालनमा ल्याएकोले आगामी दुई/तीन वर्षभित्र पालिकाका सम्पूर्ण जनताको आधारभूत आवश्यकता पूरा हुनेछ । साथै आर्थिक अवस्था र जीवनशैलीमा परिवर्तन...

वंशलाल तामाङ अध्यक्ष, इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com