कुखुराले बजार नपाउँदा कृषक चिन्तित

काठमाडौँ, जेठ १०
पहाडी जिल्ला रामेछापको सदरमुकामदेखि लामो दूरीमा रहेको दुर्गम भेगअन्तर्गत पार्ने गोकुलगंगा गाउँपालिका प्रायजसो गाउँका मानिसहरुको व्यवसाय कुखुरापालन बन्न थालेको छ ।रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका मासु र अण्डामा आत्मनिर्भर गाउँपालिका हो । मासु अण्डामा आत्मनिर्भर गाउँपालिका भए पनि गाउँपालिकामा उत्पादन भएको अण्डा र मासुले बजार नपाउँदा समस्या भएको छ । गाउँपालिकाका अधिकांश नागरिकहरु कुखुरापालन व्यवसायमा आबद्ध छन् ।

गाउँपालिकाका २५ जना युवाहरुले फमदर्ता गरेरै व्यावसायिकरुपमै कुखुरा पालन व्यवसाय गरेका छन् । हरेक दिन गोकुुलगंगा गाउँपालिकामा ४६ सय अण्डा र मासिक ४० हजार किलो कुखुराको मासु उत्पादन हुने गरेको कृषि सुचना केन्द्र गोकुलगंगाका प्रमुख सरोज फुँयालले जानकारी दिए । मासु र अण्डामा आत्मनिर्भर गाउँपालिका भए पनि कृषकहरुको उत्पादनले बजार नपाउँदा समस्या भएको उनले बताए  । गोकुलगंगामा उत्पादन भएको मासु र अण्डा बिक्री वितरणका लागि गाउँपालिका कार्यलयले प्रचार–प्रसार गर्ने काम गरिरहेको भए पनि रामेछापको सदरमुकामदेखि लामो दूरीमा रहेको र दुर्गम ठाउँ भएको कारण बजार नपाएको गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले बताए ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com