सहकारी वित्तीयमा २६ करोड ठगी गर्नेलाई जोगाउन कागजात

बाँके, जेठ १४
बाँकेको नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडमा आन्तरिक छानबिनमा २६ करोड ठगी गर्ने कर्मचारीलाई कागजात गराएर जोगाउन खोजेको सार्वजनिक भएको छ । कागजात गरेका कर्मचारीहरु सम्पर्कविहीन भएपछि सहकारीले १५ दिनका लागि कामकाज बन्द भएको सूचना निकालेको छ । बचतकर्ताले आइतबार सहकारी र प्रशासनमा घेराउ गरेका छन् । सहकारीका अध्यक्ष हरदेव बक्स चौधरीले प्रतिवेदन बुझेपछि सहकारीको बदनाम हुने भन्दै वैशाख १६ मा हिनामिनामा मुछिएका कर्मचारीलाई एक वर्षभित्र रकम फिर्ता गराउने कागजात गराएको बताए ।

सहकारीको छानबिन समितिको प्रतिवेदनअनुसार प्रबन्धक अरुणकुमार पाठकले २२ करोड, नायब महाप्रबन्धक गंगाधर सुवेदीले तीन करोड, बैजापुर शाखा प्रमुख लिलाधर वलीले ४४ लाख र खजुरा शाखा प्रमुख सूर्यकुमार विकले ६४ लाख रुपैयाँ हिनामिना गरेको उल्लेख छ । प्रतिवेदनमा उल्लेख भएको रकम बुझाउन कागज गरेका उनीहरुमध्ये जेठ ५ गतेदेखि प्रबन्धक पाठक र बैजापुर शाखा प्रमुख लिलाधर र नायब प्रबन्धक सुवेदी पनि बिरामी भएको भन्दै जेठ ११ गतेदेखि सम्पर्कविहीन भएको अध्यक्ष चौधरीले जानकारी दिए । स्रोतका अनुसार उनीहरुले नक्कली कर्जा वितरण गरेको कागजात बनाएर रकम ठगी गरेका हुन् । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com