सरकारी अनुदान प्रभावकारी नभएको किसानको गुनासो

जिएम यादव
बाँके, जेठ १४
मकै उत्पादनका लागि पकेट क्षेत्रका रुपमा मानिएको बाँकेको डुडुवा गाउँपालिकामा वर्षौंदेखि किसानहरुले मकै खेती गरी जीविकोपार्जन गर्दै आइरहेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानहरुलाई मकै खेतीतर्फ अझ आकर्षित गरे पनि दिइएको सरकारी अनुदान प्रभावकारी नभएको किसानहरुले गुनासो गरेका छन् । बाँकेको डुडुवा गाउँपालिकाका किसानहरु वर्षौंदेखि मकै खेतीलाई नै मुख्य पेसा बनाएर जीविकोपार्जन गर्दै आइरहेका छन् । लामो समयदेखि मकै खेती भए पनि मकैको उचित बजार र मूल्य नपाउँदा किसानहरु चिन्तित छन् । डुडुवा गाउँपालिकामा पनि विशेषगरी हिरमिनियामा मकैको बढी उत्पादन हुने गर्दछ । हिरमिनियामा किसानहरुले वर्षेनी वसन्त, हिँउदे र बर्खे गरी तीन पटकसम्म मकै उत्पादन गर्ने गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत यस क्षेत्रमा पनि विभिन्न परियोजनाहरु सुरु भएका छन् । परियोजनाअनुसार किसानहरुलाई बीउबिजन, मल तथा सिँचाइका लागि विद्युत् अनुदान समेत दिइएको छ । सरकारले कृषकहरुलाई प्रेरित गर्न ल्याएको यस्तो कार्यक्रमहरु सराहनीय छन् । तर सरकारबाट प्राप्त अनुदानले आफूहरुलाई अपेक्षाअनुरुप सहयोग नगरेको कृषकहरुको गुनासो छ । अनुदानमा पाएको बीउले अन्य बीउको तुलनामा पचास प्रतिशत मात्र उत्पादन दिने भएकाले किसानहरु भारतबाट बीउ खरिद गर्न बाध्य हुने गरेका छन् । राज्यको अनुदानबाट प्राप्त सिँचाइले धेरै सहयोग पुगेको किसानहरुको भनाइ छ ।

सिँचाइको सुविधा भए पनि सिँचाइको समयमा लोडसेडिङ हुनाले सिँचाइ गर्न नसकिएर मकै सुक्ने गरेको किसानहरुको गुनासो छ । यता डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले प्रशस्त उत्पादन हुने बीउ अनुदानमा सूचीकृत नभएकोले किसानहरु भारतबाट गुणस्तरीय बीउ खरिद गर्न बाध्य भएको स्वीकार गरे । किसानहरुलाई नै गुणस्तरीय बीउ उत्पादनमा प्रेरित गरी बीउ भण्डारण तथा बिक्री–वितरण गर्ने योजना रहेको उनले जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतका अनुदान तथा हिरमनियालाई पकेट क्षेत्र बनाएसँगै किसानहरु मकै खेतीतिर अझ धेरै आकर्षित भएका छन् । पछिल्लो समय युवा पुस्ताहरु पनि आधुनिक उपकरणहरुको प्रयोगसँगै कृषिमा उत्साहित देखिन्छन् । यस्तो समयमा कृषि आधुनिकीकरण परियोजनाहरुले महत्वपूर्ण भूमिकका निर्वाह गर्दछ । तर परियोजनाहरु किसानहरुको समस्या र अवस्थालाई सम्बोधन हुनेगरी आउन जरुरी देखिन्छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

जनतालाई भार नहोस् भनेर करको न्यून दर तोकेका छौं

नमूना गाउँपालिका बनाउने धेरै योजना छन् । पहिलो कुरा पालिकालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सम्पन्न बनउनुपर्दछ । त्यसका साथै भौतिक विकासमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्रमुखताका साथ अघि बढाएका छौं । जनतालाई आत्मनिर्भर तथा स्वरोजगार कार्यक्रमहरु सञ्चालनमा ल्याएकोले आगामी दुई/तीन वर्षभित्र पालिकाका सम्पूर्ण जनताको आधारभूत आवश्यकता पूरा हुनेछ । साथै आर्थिक अवस्था र जीवनशैलीमा परिवर्तन...

वंशलाल तामाङ अध्यक्ष, इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com