विश्वकै अग्लो छुमचौरमा धान रोपाइँ महोत्सव

मानदत्त रावल
जुम्ला, जेठ १५
सामान्यतया अन्य जिल्लामा असारमा मात्रै धान रोपिन्छ । तर, जुम्लामा भने जेठमै धान रोप्ने चलन छ । चिसोका कारण असारमा रोपेको धान समयमै नपाक्ने भएकाले यहाँ जेठमै धान रोप्ने गरिएको हो । यतिखेर जुम्लाका कृषकलाई कालीमार्सी धान रोप्ने चटारो छ । सोमबार विश्वकै अग्लो स्थान पातारासी गाउँपालिकाको छुमचौर ज्युलो (खेतहरु)मा कृषकले मार्सी रोपेका छन् । पछिल्लो समय बजारमा मार्सी चामलको माग उच्च रहे पनि यसको उत्पादन घट्दै गएकाले मार्सी लोप हुन नदिन पातारासी गाउँपालिका र कर्णाली कला केन्द्रको आयोजनामा छुमचौर ज्युलोमा सामूहिक रोपाइँ गरिएको हो । मार्सी संरक्षणका लागि छुमचौरमा महोत्सवको आयोजना गरिएको थियो । धान रोपाइँ महोत्सवमा चर्चित हास्यव्यङ्ग्य कलाकार राजाराजेन्द्र पोखरेलको प्रस्तुति थियो । जेठमा धान नरोपे असोजमा पर्ने तुसारोका कारण यहाँ धान पाक्दैन ।

कृषिविज्ञ बालकराम देवकोटाले भने, ‘धान रोपेपछि पाक्नलाई आवाश्यक पर्ने १५० देखि १६५ दिन हो, असारमा धान रोपे कात्तिकसम्म पाक्दैन, त्यसैले परम्परादेखि जेठमै धान रोप्ने चलन छ ।’ गिनिजबुक अफ द वल्र्ड रेकर्डका अनुसार विश्वकै अग्लो स्थान समुद्री सतहदेखि दुई हजार ७ सय ९० मिटर उचाइकमा रहेको जुम्ला छुमचौर ज्युलोमा मार्सी फल्ने गर्दछ । पछिल्लो समय मार्सी लोप हुँदै गएपछि यसको संरक्षणमा कृषकदेखि स्थानीय सरकार लागिपरेका छन् ।

बजारमा मार्सीको माग बढ्दो छ । तर ‘ब्लास्ट’ रोगको संक्रमण र असिनापानीले मार्सी झर्न थालेपछि यसको उत्पादन घट्दो छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको एक हजार ३०० हेक्टरमा मार्सी खेती हुँदै आएको छ । यो धान शीतोष्ण हावापानीको लागि उपयुक्त मानिन्छ । पातारासी गाँउपालिकाको छुमचौर ज्युलोबाहेक अन्य गाउँका नागरिकले करिब एक दशक अघिदेखि मार्सी रोप्न छाडेका छन् । मार्सी संरक्षण र जिल्लाको पहिचानका लागि पनि यसको खेती छाड्न नहुने पातारासीका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।

मार्सीको इतिहास :- जुम्ली कालीमार्सी धानको उत्पत्ति १२औँ शताब्दीमा भएको उल्लेख छ । सन् १३०० मा गुरु चन्दननाथ स्वामीले भारतको काश्मीरबाट कालीमार्सी धानको बीउ ल्याई तातोपानीमा लछालकृति पैकलालाई तालीम दिई धान खेती विस्तार गरेको इतिहास छ । मार्सी धानको सफल परीक्षणपछि चन्दननाथ मन्दिरको शेरा ज्युलोमा खेती गरेर किसानलाई वितरण गरिएको थियो । अहिले पनि मार्सी धानको चामल चन्दननाथ मन्दिरमा ‘सिक’ दिने प्रचलन छ ।

मार्सी धानखेतीले नेपालमा हुलाक स्थापना गर्न प्रेरणा दिइएको किंवदन्ती छ । जुम्ली किसानले उत्पादन गरेको मार्सी धानको चामल तत्कालीन राजा रजौटालाई हुलाकबाटै पठाउन थालिएको थियो । जङ्गली धान भएकाले काली मार्सी भनिएको जुम्लाका संस्कतिविद् रमानन्द आचार्यले बताए । जुम्लामा धानखेती बेँसीक्षेत्र (समुद्र सतहबाट दुई हजारदेखि दुई हजार २०० मिटर) र उच्च क्षेत्र (समुद्र सतहबाट दुई हजार ८०० देखि तीन हजार मिटर) मा हुने गरेको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com