असिना–पानीका कारण आलु र गहुँ बालीमा ठूलो क्षति

सुबास बस्नेत
दोलखा, जेठ २२
दोलखाको उत्तरी क्षेत्रको गौरीशंकर गाउँपालिका वडा नम्बर ३ झ्याकु सेरकाप्तीमा असिना पानीले कृषकले लगाएको पुरै गाउँको आलु तथा गहुँ बालीमा पूर्णरुपले क्षति पु-याएको छ । झ्याकु सेरकाप्तीका ३२ घर परिवार बसोबास रहेको सिंगो गाउँमा आइतबार परेको असिना पानीले उनीहरुले लगाएको गहुँ बाली र आलु बाली नष्ट गरिदिएको हो । जिल्लाको उत्तरी भेगअन्तर्गत पर्ने दुर्गम क्षेत्रको लेकमा रहेको यस झ्याकुको सेरकाप्ती गाउँमा मुख्य बाली भनेको आलु नै हो । रोपेको आलु फल्न नपाउँदै असिनाले सबै बोट नष्ट पारिदिएको स्थानीयको भनाइ छ । आलु खेतीमा असिना पर्दा करिब ४५ सय टन लालु फल्न नपाउँदै नस्ट भएको गौरीशंकर गाउँपालिका वडा नम्बर ३ झ्याकु सेरकाप्तीका असिना पीडित कृषक फुर्वा शेर्पाले जानकारी दिए ।

शेर्पाका अनुसार उनले आफ्नो बारीमा लगाएको २० मुरी आलु बारीमा असिना पर्दा पूरै आलु नष्ट भएको छ । गाउँको आन्दानीको मुख्य स्रोत नै आलु भएको तर यो वर्ष भने आलु रोपेको तीन महिना बित्न नपाउँदै असिनाले पूरै बारीको आलु बारीमै नष्ट भएको उनले बताए । सोही गाउँका अर्को आलु कृषक साङ्दोर्जे शेर्पाले पनि ६ रोपनी बारीमा लगाएको करिब १५ मुरी आलु असिनाले नष्ट भएको बताए । यो गाउँ दोलखाको उच्च हिमाली क्षेत्रमा रहेकाले यो बेला गाउँमा गहुँ खेती भित्र्याउने सिजन हो तर गहुँ काट्न नपाउँदै आलुसँगै गहुँ पनि बारीमै नष्ट भएको छ ।

शेर्पा जातिको मुख्य बसोबास रहेको यस गाउँका ३२ परिवारको मुख्य पेसा नै आलु र गहुँ खेती हो । आफूले वर्षदिन मिहिनेत गरेर लगाएको बाली भित्र्याउन नपाउँदै बारीमै नष्ट भएपछि गौरीशंकर झ्याकु सेरकाप्ती स्थानीयलाई आफ्नो परिवारको गुजारा कसरी चलाउने ? भन्ने चिन्ता छ । अघिल्लो वर्षहरुमा आलु बिक्री गरी खाद्यान्न र अन्य वस्तु किनेर खानी गरेको स्थानीय फुर्वा टेन्डु शेर्पा जानकारी दिए । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

जनतालाई भार नहोस् भनेर करको न्यून दर तोकेका छौं

नमूना गाउँपालिका बनाउने धेरै योजना छन् । पहिलो कुरा पालिकालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सम्पन्न बनउनुपर्दछ । त्यसका साथै भौतिक विकासमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्रमुखताका साथ अघि बढाएका छौं । जनतालाई आत्मनिर्भर तथा स्वरोजगार कार्यक्रमहरु सञ्चालनमा ल्याएकोले आगामी दुई/तीन वर्षभित्र पालिकाका सम्पूर्ण जनताको आधारभूत आवश्यकता पूरा हुनेछ । साथै आर्थिक अवस्था र जीवनशैलीमा परिवर्तन...

वंशलाल तामाङ अध्यक्ष, इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com