तरकारी खेती तथा पशुपालन गर्न अनुदान

सुवास बस्नेत
दोलखा, जेठ २६
दोलखाका दुई स्थानीय तहहरु भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकाभित्र रहेका विपन्न परिवारका युवाहरुले व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेका छन् । भूकम्पपछिको पुनर्निर्माण र विपत् जोखिम सहयोग गर्दै आएको संस्था संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमअन्तर्गतको युएनडीपी र ग्रामीण उद्यम विकास केन्द्र (आरईडीसी) नामक गैरसरकारी संस्थाले विपन्न परिवारको जीविकोपार्जनको लागि व्यवसाय गर्न इच्छुक युवाहरुलाई अनुदान उपलब्ध गराएपछि उनीहरु व्यावसायिक बन्न थालेका हुन् ।

संस्थाले जीविकोपार्जन कार्यक्रमअन्तर्गत दुई स्थानीय तह भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकाका सातवटा वडामा रहेका भूकम्पबाट प्रभावित एक सय ५० जना विपन्न परिवारलाई कृषिपेसामा लगनशील र उद्यमी बन्न चाहने व्यक्तिलाई तरकारी खेती र बाख्रापालन गर्न अनुदान दिएको हो । संस्थाले दिएको अनुदानबाट गाउँमा व्यावसायिक खेती गर्ने युवाहरुको संख्यामा उल्लेख्य वृद्धि भएको शैलुङ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भरत प्रसाद ढुंगेलले बताए । अहिले संघीय संरचनाअनुसार गाउँघरमै चहलपहल सुरु भएको छ ।
राम्रा होटल तथा पसलहरु खुलेका छन् । शैलुङ ४ का स्थानीय कृषक हिरालाल श्रेष्ठले गाउँकै बजारलाई हेरेर गोलभेँडा तथा डल्ले खुर्सानीको व्यावसायिक खेती सुरु गरेको बताए । उनले ग्रामीण उद्यम विकास केन्द्र (आरईडीसी) ग्रामीण क्षेत्रमा व्यवसायी कार्यक्रम लिएर गाउँ आउनुअघि आफूले घरको गमलाहरुमा रोपेको गोलभेडा र डल्ले खुर्सानीले परिवारको छाक टार्ने गरेको सुनाए ।

गाउँमा आईडीसी संस्थाले व्यवसाय गर्न आर्थिक र प्राविधिक सहयोग गर्न थालेपछि व्यावसायिक कृषि खेती गर्न थालेको उनले बताए । श्रेष्ठमात्र हैन उक्त वडाका २३ जना किसानहरुले व्यावसायिक रुपमा तरकारी खेती गरेका छन् । अन्य छ जनाले कुखुरा पालन सुरु गरेका छन् । ‘नयाँ राजनीतिक संरचनाअनुसार गाउँघरमै चहल–पहल सुरु भएपछि मानिसहरु रोजगारीको लागि गाउँघरमै सक्रिय बन्न लागेका हुन् । व्यवसायका नयाँ तरिकाहरु समेत खोज्न थालेका छन्’, शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले भने ।

त्यस्ता सक्रिय एवं व्यावसायिक किसानहरुलाई गाउँपालिकाले समेत सहयोग गर्ने अध्यक्ष दुलालले बताए । आरईडीसीले तरकारी खेती तथा बाख्रा र कुखुरापालन गर्ने स्थानीयलाई अनुदानको व्यवस्था गरेर रोजगारी दिइरहेको आरईडीसीका सिनियर कार्यक्रम अनुगमनकर्ता प्रगति भट्टराईले जानकारी दिइन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com