गल्फद्वारा हेटौंडामा स्लो स्कुटर प्रतियोगिता आयोजना

हेटौंडा, जेठ २७
हेटौंडा लेडी जेसिसले हेटौंडामा स्लो स्कूटर प्रतियोगिता २०१९ आयोजना गरेको छ । यो प्रतियोगिता सडक दुर्घटनाबारे जानकारी आदानप्रदान गर्ने एक अन्तर्क्रिया कार्यक्रम थियो । बढ्दो दुर्घटना अझ दुइपाङ्ग्रे सवारीको क्षति समेत बढी हुने गरेकाले सोही विषयमा सचेतना होस् र सुरक्षित सवारीमा ध्यान केन्द्रित गरेर ट्राफिक नियमबारे जानकारी प्रदान होस् भन्ने ध्येयले जेसिज सप्ताह २०१९ अन्तर्गत गल्फ स्लो स्कुटर प्रतियोगिता आयोजना गरिएको जेसिसले जानकारी दिएको छ ।

कार्यक्रममा सडक दुर्घटना कसरी कम गर्न सकिन्छ जस्ता मुख्य विषयवस्तुमा अन्तर्क्रिया गरिएको थियो । कार्यक्रममा सभापतिको रुपमा हेटौंडा लेडी जेसिस २०१९ की अध्यक्ष जेसी सुष्मा लटौलाको उपस्थिति रहेको थियो । साथै हिरामणि त्रिताल मुख्य अतिथिका रुपमा रहेका थिए भने विशिष्ट अतिथि प्रहरी निरीक्षक वीरेन्द्र कुमार ठाकुरको उपस्थिति रहेको थियो । प्रतियोगितामा सुमित्रा लामा प्रथम, सुजुता श्रेष्ठ दोस्रो र उषा रोकाले तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।

नेपाल ल्युब आयल लिमिटेड गल्फ लुब्रिकेन्ट्स सधैँ यस्ता जागरूकता प्रदान गर्ने कार्यक्रमसँग सम्बन्धित रहेको र यसअन्तर्गत विशेष गरी सडक दुर्घटनाहरु र ट्राफिक समस्याहरु दैनिक जीवनमा भोग्दै आएका विषयहरुमा जनचेतना विस्तारमा सहभागी हुँदै आएको जेसिसले जानकारी दिएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com