महिन्द्रा इलेक्ट्रोनिक्स सवारीको निःशुल्क सर्भिस क्याम्प

ललितपुर, जेठ २७
अग्नि ग्रुपअन्तर्गत विद्युतीय सवारीसाधनका लागि आधिकारिक वितरक अग्नि इनर्जीले नेपालमा महिन्द्रा विद्युतीय सवारी वितरण गर्दै आएको छ । यसै सिलसिलामा ललितपुरको कुपन्डोलस्थित सर्भिस सेन्टरबाट अग्नि इनर्जीले तीन दिने निःशुल्क सर्भिस क्याम्पको व्यवस्था मिलाएको थियो । 

‘विश्व वातावरण दिवस २०१९’को अवसर पारी कम्पनीले निःशुल्क सर्भिसिङको व्यवस्था मिलाएको थियो । निःशुल्क सर्भिस यही जुन महिनाको ५ तारिखदेखि ७ तरिखसम्म सञ्चालित थियो । ३ दिनमा यस सर्भिस क्याम्पमा लगभग सयवटा जति गाडीहरुको सर्भिसिङ गरिएको थियो ।

दक्ष प्राविधिकहरुद्वारा परीक्षण गरिएको यस क्याम्पबाट जेन्यून स्पेयरपार्ट तथा गुणस्तरीय सेवा उपलब्ध गराएको थियो । यहाँबाट ग्राहकलाई सवारी सञ्चालन सम्बन्धी उचित सल्लाह पनि प्रदान गरिएको थियो । विद्युतीय सवारीसम्बन्धी समेत जानकारी प्रदान गरिएको यस सर्भिस सेन्टरमा ग्राहकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

अग्निले बिक्रीपछिको उत्कृष्ट सेवा तथा अन्तर्राष्ट्रिय ब्राण्ड अनुभव प्रदान गर्दै आएको छ । यस सर्भिस क्याम्पले ग्राहक र कम्पनीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने छ भने आगामी दिनहरुमा ग्राहक तथा वातावरणलाई विशेष लाभ पुग्ने विश्वास कम्पनीले लिएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

जनतालाई भार नहोस् भनेर करको न्यून दर तोकेका छौं

नमूना गाउँपालिका बनाउने धेरै योजना छन् । पहिलो कुरा पालिकालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सम्पन्न बनउनुपर्दछ । त्यसका साथै भौतिक विकासमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्रमुखताका साथ अघि बढाएका छौं । जनतालाई आत्मनिर्भर तथा स्वरोजगार कार्यक्रमहरु सञ्चालनमा ल्याएकोले आगामी दुई/तीन वर्षभित्र पालिकाका सम्पूर्ण जनताको आधारभूत आवश्यकता पूरा हुनेछ । साथै आर्थिक अवस्था र जीवनशैलीमा परिवर्तन...

वंशलाल तामाङ अध्यक्ष, इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com