हुन्डार्ई फेष्टिभ डिलाइट योजनाका विजेतालाई कार

काठमाडौं, जेठ २७
हुन्डाई अटो मोबाइल्सको नेपालका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एक समारोहका बीच हुन्डाई फेष्टिभ डिलाइट २०७५ का बम्पर विजेताहरुलाइ पुरस्कृत गरेको छ । हुण्डाईको नक्साल शोरुममा भएको समारोहमा लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठले विजयीहरु बद्रिकुमार खड्का (कुपन नं. १६२२)लाई क्रेटाको साँचो तथा भावना केसी (कुपन नं.९०६) लाई आई२० एक्टिभाको साँचो हस्तान्तरण गरेका हुुन् ।

उक्त समारोहमा लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठ, विमला खनाल (अध्यक्ष–कञ्जुमर आई नेपाल) तथा सुश्री नैन्सी बोगटी हुन्डाई मिस फ्रेन्डशिप २०१९ विजेता) को पनि उपस्थिति थियो । लक्की ड्रको विजेताहरुको छनौट ५ मे, २०१९मा हिमालया टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । बम्पर लक्की ड्रको विजेताहरुको छनौट कार्यक्रमका मुख्य अतिथि विमला खनाल अध्यक्ष–कञ्जुमर आई नेपालसहित श्रृंखला खतिवडा (मिस नेपाल २०१८)ले गरेका थिए । साथै १० ग्राम सुन जित्ने सय जना भाग्यशाली विजेताहरुको छनौट श्रीमती विमला खनालले कञ्जुमर आई नेपालको अनामनगरस्थित कार्यालयमा गरेकी थिइन् ।

हुन्डाई फेष्टिभ डिलाइट २०७५ अन्तर्गत हुण्डाई खरिदकर्ताहरुले एक थान क्रेटा एक थान, आई २० एक जनाले र एक सय जनाले १० ग्राम सुनसहित स्क्र्याच कार्डमार्फत एक लाख रुपैयाँसम्मको नगद छुट पनि प्राप्त गरेका छन् । सम्पूर्ण विजेताहरुलाई बधाई दिँदै लक्ष्मी समूहका अध्यक्ष श्रेष्ठले हुन्डाईलाई नेपालकै सर्वोत्कृष्ट ब्राण्ड बनाउन सहयोग गर्ने आफ्ना सम्पूर्ण ग्राहकहरुप्रति आभार व्यक्त गरे ।

सबै हुन्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानीसहित सुविधा उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १५ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै पाँच ठूला अटोमाबाइल उत्पादकमध्ये पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

जनतालाई भार नहोस् भनेर करको न्यून दर तोकेका छौं

नमूना गाउँपालिका बनाउने धेरै योजना छन् । पहिलो कुरा पालिकालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सम्पन्न बनउनुपर्दछ । त्यसका साथै भौतिक विकासमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्रमुखताका साथ अघि बढाएका छौं । जनतालाई आत्मनिर्भर तथा स्वरोजगार कार्यक्रमहरु सञ्चालनमा ल्याएकोले आगामी दुई/तीन वर्षभित्र पालिकाका सम्पूर्ण जनताको आधारभूत आवश्यकता पूरा हुनेछ । साथै आर्थिक अवस्था र जीवनशैलीमा परिवर्तन...

वंशलाल तामाङ अध्यक्ष, इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com