तापखोलामा मोटरेबल पुलको निर्माणकार्य सुरु

खेमराज अधिकारी
खोटाङ, जेठ २८
खोटाङको खार्मी र सप्तेश्वरको सिमानास्थित तापखोलामा मोटरेवल पुलको निर्माण कार्य थालिएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मी र केपिलास गढी गाँउपालिका ५ सप्तेश्वर जोड्ने २५ मिटर लम्बाइको पुलको निर्माणकार्य थालिएको हो । खोटाङको उत्तरी क्षेत्रको केपिलासगढी गाँउपालिका प्रवेश गर्ने प्रमुख मार्ग मानिएको हुर्लुङ–जालपा–बाक्सिला सडकमा पर्ने ताप खोलामा मोटरेवल पुल निर्माण गरेर गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न गाउँपालिकाको ३ करोड ८३ लाख २६ हजार ९ सय ५९ रुपैयाँको लागतमा निर्माण कम्पनी सूर्य कन्स्ट्रक्सनले आगामी दुई वर्षभित्र सम्पन्न गर्ने गरी उक्त पुलको ठेक्का लिएको हो ।

गाउँपालिकादेखि जिल्ला सदरमुकाम दिक्तेल साथै काठमाडौं तथा तराईसम्म सहज यातायात सञ्चालन गर्न बाधकको रुपमा रहेको तापखोलामा पुल निर्माण सम्पन्न भएपछि ती स्थानको सवारी आवागमन सहज हुने गाउँपालिकाले जनाएको छ । तापखोलामा पुल नहुँदा हिउँदभर सुचारु रहने यातायात सेवा वर्षा लागैसँगै बन्द हुने गरेको छ ।

गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मार्गमा मोटरेबल पुल नहँदा गाउँपालिकाको समग्र विकासमै प्रतिकूल प्रभाव परेकोले तापखोलामा पुल निर्माणको कामलाई आर्थिक वर्ष २०७५/०७६ कै प्राथमिकताको आयोजनाका रुपमा अघि सारेको गाउँपालिका प्रमुख कृष्ण कुमार राईले बताए । गत फागुन १ गत्ते केपिलासगढी गाउँपालिका र निर्माण कम्पनी सूर्य कन्स्ट्रकसन प्रालिबीच सम्झौता भएपछि अहिले पिल्लरका लागि फाउन्डेसनलगायतको काम भइरहेको गाउँपालिकाको भनाइ छ । पुलको लागि आवश्यक पर्ने निर्माण सामग्री कार्यस्थलमा आइसकेकाले पुलको कामले गति लिने बताइएको छ ।

पुल अभावकै कारण हिउँदभर व्यस्त देखिने यो सडक वर्षा लागेसँगै बन्द हुने बाध्यता रहेको छ । पुलकै कारण गाउँपालिका भित्रिने दैनिक उपभोग्य वस्तु, निर्माण सामग्रीलगायतको ढुवानी खर्च समेत महंगो हुने गरेको छ । पुल निर्माण सकिएपछि गाउँपालिकाका १४ हजार बढी सर्वसाधारणले प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com