अर्घाखाँची पीपीसी सिमेन्ट नेपाली बजारमा

काठमाडौं, जेठ २८
अर्घाखाँची सिमेन्ट प्रालिले आम उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखी पीपीसी सिमेन्ट औपचारिक रुपमा नेपाली बजारमा ल्याएको छ । नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको प्रमाणित गरी शुक्रबार नेपाल सरकार उद्योग, वाणिज्य तथा नापतौल विभागले कम्पनीलाई एनएस चिह्न प्रदान गरेसँगै कम्पनीले सोमबारदेखि पीपीसी सिमेन्टलाई देशैभर बजारमा बिक्रीका लागि ल्याएको हो ।

कम्पनीले विगतमा ओपीसी सिमेन्टमा हासिल गरेको सफलता र उपभोक्ताको विश्वासलाई थप बढोत्तरी गरी राष्ट्रको विकास–निर्माणमा योगदान गर्ने उद्देश्यको साथ पीपीसी सिमेन्टको उत्पादन थालेको हो । कम्पनीले हाल विश्वमा प्रचलित अत्याधुनिक एफएल स्मिथको डेनिस प्रविधिको भीआरएम मेसिनबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको छ । साथै आफ्नै खानीको चुनढुङ्गाको प्रयोगद्वारा क्लिंकर बनाइने हुनाले अर्घाखाँची सिमेन्ट कम्पनीको उत्पादनहरुको गुणस्तरमा एकरुपता रहँदै आएको छ ।

एउटै फ्याक्ट्री परिसरभित्र दुईवटा छुट्टाछुट्टै उत्पादन लाइनमार्फत ओपीसी र पीपीसी उत्पादन गर्ने सम्भवतः नेपालकै पहिलो सिमेन्ट कम्पनी भएको दाबी गरेको छ । सिमेन्ट सार्वजनिक गर्ने क्रममा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा कम्पनीका निर्देशक पशुपति मुरारकाले भने, ‘हामीले सिमेन्टको गुणस्तर र तौलमा कुनै सम्झौता गरेका छैनौँ ।’

नयाँ प्रविधि र उपभोक्ताको बढ्दो मागका कारण पीपीसी सिमेन्ट उत्पादन गर्न सुरु गरेको उनले बताए । पीपीसी सिमेन्टको उत्पादन र बिक्रीवितरणसँगै बिक्रेता, उपभोक्ता एवं निर्माणकर्मीहरुमाझ उच्च गुणस्तरको सिमेन्ट उपलब्ध गराउने प्रतिबद्धता पूरा गरेको उनको भनाइ छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com