सुजुकी सुपर क्यारी खरिदमा विशेष अफर

काठमाडौं, जेठ २८
सीजी अटोमोटिभ्स डिभिजनअन्तर्गतको सीजी होल्डिंग्स तथा सुजुकी फोर ह्विलर्स नेपालले सुजुकी सुपर क्यारीमा विशेष अफर प्रस्तुत गरेको छ । कम्पनीले सुजुकी सुपर क्यारी खरिद गर्ने ग्राहकलाई १ वर्षको निःशुल्क बीमा तथा २० हजार रुपैयाँ नगद छुट पनि प्रदान गरेको जनाएको छ । कम्पनीले २ वर्ष वा ३० हजार किलोमिटर (जुन अगाडि हुन्छ त्यो)को वारेन्टी समेत प्रदान गरेको छ । कम्पनीद्वारा नयाँ सुजुकी सुपर क्यारीको खरिदमा १ वर्षसम्मको निःशुल्क सर्भि्सिङ सुविधा उपलब्ध गराएको छ ।

यसअन्तर्गत इन्जिन आयल, आयल फिल्टर, एअर फिल्टर र स्क्रिन वास शिड्युलअनुसार पर्दछ । बजारमा नयाँ सुपर क्यारीको मूल्य ११ लाख ९९ हजार रुपैयाँ रहेको छ । कम्पनीअनुसार यस गाडीको मुख्य उद्देश्य भनेको बढी आम्दानी तथा फाइदाका लागि हो। यो अफरले न्यूनतम लगानीमा गाडीको स्वामित्व प्रदान गर्नुका साथै आम्दानीमा वृद्धि र लाभ लिन सकिन्छ । ७९३ सीसीको ट्विन सिलिण्डरयुक्त डिजेल इन्जिन भएको यस गाडीमा ५ स्पिड म्यानुयल ट्रान्समिसन रहेको छ । यसको ३२.६३ बीएचपीको ३५०० आरपीएम तथा २००० आरपीएमको अधिकतम ७५ एनएम को टर्क विद्यमान छ ।

एआरएआईका अनुसार यस गाडीले २२.०७ प्रतिलिटर माइलेज प्रदान गर्दछ । ८० किलोमिटर प्रतिघण्टाको दूरी तय गर्ने कम्पनीको दाबी समेत रहेको छ । सुपर क्यारीमा ३.२५ स्क्वायर मिटरको लोडिङ्ग क्षेत्र रहेको छ भने, ७४० किलोसम्मको भारवहन क्षमता रहेको छ । १६० एम एमको ग्राउन्ड क्लियरेन्स, २११० एमएमको ह्वीलवेस तथा ४.३ मिटर, टर्निङ्ग रेडिएस रहेको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com