ओप्पोले रेनो सिरिजका फोन मात्रै ल्याउने, आर सिरिज बन्द

काठमाडौं, जेठ २९
ओप्पोले बजारमा रेनो सिरिज सार्वजनिक गर्दै आफ्नो आर सिरिजअन्तर्गतका फोनहरु नल्याउने भएको छ । रेनो र रेनो १० एक्स जुमका लागि चलिरहेको चर्चाका बीच आफ्ना उपभोक्तालाई विलासी अनुभव प्रदान गर्न अझ समावेशी डिजाइन र विशिष्ट सौन्दर्य शास्त्रमार्फत, बृहत् उपभोक्तामाझ सेवा पु-याउने सोचका साथ रेनो ब्राण्ड सार्वजनिक गरेको कम्पनीले जनाएको छ । ओप्पोका उपाध्यक्ष शेन यिरेनले रेनो जस्ता प्रिमियम सिरिजमा आफ्नो ध्यान केन्द्रित गर्न सर्वाधिक बिक्री हुन सफल मोडल भए पनि आर–सिरिजलाई बन्द गर्न लागिएको बताए ।

ओप्पोको ‘क्लासिक हलमार्क’, ‘बोल्ड डिजाइन ल्यांग्वेज’मा केन्द्रित हुँदै ओप्पोले कम्पनीको ध्यान आफ्नो उच्च क्यामेरा प्रविधिमा केन्द्रित गरेको उनले बताए । यसैको नतिजाका रुपमा ओप्पोको नयाँ रेनो १० एक्स जुमलाई लिन सकिने कम्पनीको दाबी रहेको छ । यस उपकरणमा सार्क फिन पप–अप क्यामेरा, स्न्यापड्रागन ८५५ प्रोसेसर र १० एक्स हाईब्रिड जुम लेन्सका साथमा ट्रिपल क्यामेरा सेटअप उपलब्ध गरिएको छ ।

ओप्पो रेनो सिरिजको ५ जी–रेडी भर्जन पनि सार्वजनिक गर्ने ओप्पोको योजना छ । रेनो भ्यारियण्टमा फुल–एचडी रेजोल्यूसन सहित ६.४—इञ्च एमोलेड डिस्प्ले जडान गरिएको छ । ८ जीबी ¥यामसहितको क्वालकम स्न्यापड्रागन ७१० प्रोसेसरद्वारा सञ्चारित यस फोनमा तीव्र क्षमतासहितको ईन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर पनि उपलब्ध छ । कम्पनीको यस फ्ल्यागशिप ह्याण्डसेटमा पेरिस्कोप टेलिफोटो लेन्स सहितको १३ एमपी सेकेण्डरी सेन्सर र ८ एमपी सुपर वाइड एंगल सेन्सर जडान गरिएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

जनतालाई भार नहोस् भनेर करको न्यून दर तोकेका छौं

नमूना गाउँपालिका बनाउने धेरै योजना छन् । पहिलो कुरा पालिकालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सम्पन्न बनउनुपर्दछ । त्यसका साथै भौतिक विकासमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्रमुखताका साथ अघि बढाएका छौं । जनतालाई आत्मनिर्भर तथा स्वरोजगार कार्यक्रमहरु सञ्चालनमा ल्याएकोले आगामी दुई/तीन वर्षभित्र पालिकाका सम्पूर्ण जनताको आधारभूत आवश्यकता पूरा हुनेछ । साथै आर्थिक अवस्था र जीवनशैलीमा परिवर्तन...

वंशलाल तामाङ अध्यक्ष, इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com