मनसुन मोबाइल मेगा अफर सुरु

काठमाडौं, जेठ २९
चाबहिल चुच्चेपाटीमा रहेको केएल मोबाइल हब, दरबारमार्गको मर्कन्टाइल प्लाजाको पहिलो तलामा रहेको एप्पल वल्र्ड मोबाइल तथा सीटीसी मल सुन्धाराको भुइँ तलामा रहेको सीटीसी मोबाइल हबमा मनसुन मोबाइल मेगा अफर सुरु भएको छ । मोबाइल मेला अवधिमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा पाइनेछ । आईमार्स मिल्की वेएम२, लेनोभो के६ नोट, आई मार्स भीसन६लगायत मोडलका मोबाइलको हकमा यो अफर लागू हुनेछ । मेलाको आकर्षणका रुपमा रहेको आईमार्स मिल्की वे एम२ मोबाइल १५ हजार नौ सय ९९ रुपैयाँमा दुईवटा सेट खरिद गर्न सकिनेछ । दुईवटा सिमकार्ड प्रयोग गर्न सकिने मिल्की वे एम२ मोबाइलमा ओएस एण्ड्रोइड ८.१ भर्सन तथा ३२०० एमएएचको ब्याट्री छ ।

पाँच दशमलव ४५ इञ्चको क्यूएचडी आईपीएस स्क्रिन रहेको मिल्की वे२मा ८ मेगा पिक्सेलको अगाडि क्यामेरा तथा १३ मेगापिक्सेलको रियर क्यामेरा छ । २ जीबी -याम तथा १६ जीबी स्टोरेज रहेको मिल्की वे२ गोल्डेन तथा ब्ल्याक कलरमा उपलब्ध हुनेछ । २५ हजार नौ सय ९९ रुपैयाँमा दुईवटा मोबाइल खरिद गर्न सकिने लेनोभो के६ नोटमा चार जीबी -याम तथा ३२ जीबी स्टोरेज छ । आठ मेगा पिक्सेलको फ्रण्ट तथा १६ मेगापिक्सेलको रियर क्यामेरा रहेको के६ नोटमा चार हजार एमएएचको ब्याट्री छ । फूल मेटल डिजाइनयुक्त के६ नोटमा फिंगरप्रिन्ट सेन्सर, डल्बी अटमस साउण्ड, ५.५ इञ्चको एफएचडी स्क्रिन तथा दुईवटा सिमकार्ड प्रयोग गर्न सकिन्छ । १० हजार चार सय ९९ रुपैयाँमा दुईवटा सेट खरिद गर्न सकिने आईमार्स भी सन६ मोबाइलमा एण्ड्रोइड ७ तथा पाँच इञ्चको एचडी आईपीएस स्क्रिन छ । यसका साथै एक जीबी -याम, १६ जीबी स्टोरेज तथा २२० सय एमएएचको ब्याट्री रहेको भी सन६मा दुईवटा सिम प्रयोग गर्न सकिन्छ ।

मेलामा जुनसुकै ब्राण्डका मोबाइल शून्य प्रतिशत ब्याजदरमा शून्य प्रतिशत डाउन पेमेन्ट तथा ७० प्रतिशतसम्मको छुटमा किन्न सकिन्छ । पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने व्यवस्था पनि मिलाइएको छ । मेला अवधिमा मोबाइल खरिद गर्नेले एफ क्युब सिनेमाको टिकट निःशुल्क पाउनेछन् । विभिन्न मोडलका मोइबालको खरिदमा आर्कषक उपहारको समेत व्यवथा गरिएको छ । मोबाइल मेला अवलोकन गर्नेहरुलाई समेत आकर्षक गिफ्ट ह्याम्परका साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल वितरण गरिनेछ । सोमबारदेखि सुरु भएको मोबाइल मेला आगामी असार १५ गतेसम्म चल्नेछ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com