इजिलिंक रेमिट्यान्सको सेवा अब अष्ट्रेलियाबाट पनि

काठमाडौं, जेठ २९
इजिलिंक रेमिट्यान्सले आफ्नो सेवा अष्ट्रेलियाबाट पनि आरम्भ गरेको छ । अष्ट्रेलियाको सिड्नीमा कार्यालय स्थापना गरी एक कार्यक्रमको आयोजना गरी इजिलिंक रेमिट्यान्सका ब्राण्ड एम्बेसडर रवि लामिछानेको उपस्थितिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डीपी अर्याल, इजिलिंक रेमिट्यान्स अष्ट्रेलियाका प्रबन्ध निर्देशक दिपेन्द्र कार्की र नेपाली समुदायको बाक्लो उपस्थितिका बीच सेवा आरम्भ गरेको हो ।‘रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं’ भन्ने मूल नाराका साथ विगत २१ वर्षदेखि देशमा रेमिट्यान्स भित्र्याउँदै आएको सेवा प्रदायक कम्पनी इजिलिंक रेमिट्यान्स प्रालिले आफ्नो सेवालाई विस्तार गरेको हो ।

कार्यक्रममा इजिलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डीपी अर्याल र कम्पनीका लामिछानेले त्यहाँ रहेका नेपालीहरुलाई वैधानिक तरिकाले आफूले कमाएको रकम नेपाल पठाउन इजिलिंक रेमिट्यान्सको प्रयोग गर्न आग्रह गरेका हुुन् । अहिले अष्ट्रेलियामा एक लाख ५० हजार भन्दा बढी नेपालीहरु रहेको अनुमान गरिएको छ । हुण्डीको कारोबार धेरै हुने देशको रुपमा अष्ट्रेलियालाई लिइँदै आइएको छ । इजिलिंक रेमिट्यान्सले विगत २१ वर्षदेखि जापान, कोरिया, साइप्रसलगायत विश्वका विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याइरहेको छ ।

अष्ट्रेलियाबाट सेवा आरम्भ गरेपछि अवैधानिक बाटोबाट नेपालमा रकम पठाउने कार्य निरुत्साहित हुने साथै आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका साथै निजी कम्पनीहरुसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाई तीव्र पार्नुका साथै इजिलिंक रेमिट्यान्सले अन्य देशबाट पनि रेमिट्यान्स भित्र्याउन तीव्ररुपमा अघि बढिरहेको र विश्वका विभिन्न मुलुकबाट इजिलिंक रेमिट्यान्समार्फत पठाएको रकम अब नेपालभरि रहेको इजिलिंक रेमिट्यान्सको छ हजारभन्दा बढी एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट सजिलै भुक्तानी लिन र सजिलै बैंक खातामा रकम जम्मा गर्ने सेवा कम्पनीले प्रदान गर्ने कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले जानकारी गराए । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

जनतालाई भार नहोस् भनेर करको न्यून दर तोकेका छौं

नमूना गाउँपालिका बनाउने धेरै योजना छन् । पहिलो कुरा पालिकालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सम्पन्न बनउनुपर्दछ । त्यसका साथै भौतिक विकासमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्रमुखताका साथ अघि बढाएका छौं । जनतालाई आत्मनिर्भर तथा स्वरोजगार कार्यक्रमहरु सञ्चालनमा ल्याएकोले आगामी दुई/तीन वर्षभित्र पालिकाका सम्पूर्ण जनताको आधारभूत आवश्यकता पूरा हुनेछ । साथै आर्थिक अवस्था र जीवनशैलीमा परिवर्तन...

वंशलाल तामाङ अध्यक्ष, इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com