रिलायबल नेपाल लाइफ अब एनसीएचएलसँग आबद्ध हुँदै

काठमाडौं, जेठ २९
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा रिलायबलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

रिलायबल नेपाल क्लियरिङ हाउसको सदस्यका रुपमा जोडिने, पहिलो लाइफ इन्स्योरेन्स कम्पनी बनेको छ । रिलायबलले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसिएचएल—आईएिस र कनेक्ट आईएिएस ई पेमेन्ट प्रणालीसँग आबद्ध भएपछि एजेन्ट कमिसन, तलब, भुक्तानी दिनुपर्ने बिलहरु, भुक्तानी लिनुपर्ने रकमहरु र लगानीसम्बन्धी कारोबारहरु यस संस्थासँग आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । यो प्रणालीमा आबद्ध भए लगत्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरुले आफ्नो (प्रिमियम) बीमा शूल्क पनि अनलाइनमार्फत सजिलै तिर्न सक्नेछन् ।

यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभ ग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् । विसं २०७४ देखि सञ्चालनमा आएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड प्रतिष्ठित अर्थशास्त्रीहरु, उद्योगपतिहरु, बैंकरहरु र व्यवसायीहरुद्वारा प्रवद्र्धित जीवन बीमा कम्पनी हो । कम्पनीले आधुनिक प्रविधिमा आधारित विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ र एनसीएचएलसँगको यस साझेदारीले डिजिटल इन्स्योरेन्स सेवाहरुमा पनि आफ्नो विशेष उपस्थिति गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।  


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

जनतालाई भार नहोस् भनेर करको न्यून दर तोकेका छौं

नमूना गाउँपालिका बनाउने धेरै योजना छन् । पहिलो कुरा पालिकालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सम्पन्न बनउनुपर्दछ । त्यसका साथै भौतिक विकासमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्रमुखताका साथ अघि बढाएका छौं । जनतालाई आत्मनिर्भर तथा स्वरोजगार कार्यक्रमहरु सञ्चालनमा ल्याएकोले आगामी दुई/तीन वर्षभित्र पालिकाका सम्पूर्ण जनताको आधारभूत आवश्यकता पूरा हुनेछ । साथै आर्थिक अवस्था र जीवनशैलीमा परिवर्तन...

वंशलाल तामाङ अध्यक्ष, इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com