पबजी विश्वकै धेरै कमाइ गर्ने मोबाइल खेल

युरोप,  जेठ २९
पबजी गेम (खेल) विश्वकै धेरै कमाइ गर्ने मोबाइल खेल भएको छ । एजेन्सीहरुका अनुसार यो खेल अहिले संसारमा चर्चाको शिखरमा छ । यसमा मासिक रुपमा १० करोड मानिसले खेल्ने गर्छन् । गत महिनाको आम्दानीलाई हेर्ने हो भने यो खेलले १४ करोड ६० लाख अमेरिकी डलरभन्दा धेरै कमाइ गरेको प्रविधिसम्बन्धी अनलाइन द भर्जले जनाएको छ । द फाइनान्सियल टाइम्सलाई उद्धृत गर्दै उक्त अनलाइनले लेखेको समाचारअनुसार उक्त खेलको आइटम र स्किनबाट मात्र नभई चीनमा मात्रै रिब्रान्ड गरिएको गेम फर पिसबाट पनि रकम संकलन हुने गरेको छ ।

चीनको ग्रेट वाल सेक्युरिटिजका अनुसार गत महिना चीनमा मात्रै उक्त खेलले ७ करोड ६० लाख डलर आर्जन गरेको थियो । जसमध्ये गेम फर पिसबाट मात्रै ७ करोड आर्जन भएको थियो । चीनमा पबजी मोबाइल नामलाई मनिटाइजेसन (रकम लिन मिल्ने)का लागि अस्वीकार गरिएपछि कम्पनीले चीनका लागि मात्रै गेम फर पिस नाम दिएर खेललाई रिब्रान्ड गरेको थियो । यो ब्रान्डअन्तर्गत गेममा देशभक्तिको पाटो र कम रक्तपातलाई जोड दिइएको छ । खेलमा हारेपछि रगतको पोखरीमा डुब्नुको साटो हार्ने खेलाडीले गुडबाई गरेर विदा लिने सेटिङ मिलाइएको छ । चीनले यसको शीर्षक असामाजिक र भ्रष्ट भन्दै परिवर्तन गर्न निर्देशन दिएको थियो । यसले चीनमा मोबाइल खेलका लागि पनि कडाइ गरिने गरेको देखाउँछ ।

गत फेब्रुअरीमा सरकारी नियामकले भिडियो गेमहरुको अनुमति नवीकरणलाई रोकेको थियो । सन् २०१७ मा टेन्सेन्टको मोबाइल गेम मोबा अनर अफ किंग्सलाई खेल्ने उमेर १२ वर्षमुनिका लागि एक दिनमा १ घण्टामा सीमित गरिएको थियो भने त्यसमाथि १८ वर्षसम्मका लागि दुई घण्टामा सीमित पारेको थियो । विश्लेषकहरुले भने खेलमा गरिएको कडाइले कम्पनीको आम्दानीमा गिरावट आउनसक्ने बताएका छन् । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

जनतालाई भार नहोस् भनेर करको न्यून दर तोकेका छौं

नमूना गाउँपालिका बनाउने धेरै योजना छन् । पहिलो कुरा पालिकालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सम्पन्न बनउनुपर्दछ । त्यसका साथै भौतिक विकासमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्रमुखताका साथ अघि बढाएका छौं । जनतालाई आत्मनिर्भर तथा स्वरोजगार कार्यक्रमहरु सञ्चालनमा ल्याएकोले आगामी दुई/तीन वर्षभित्र पालिकाका सम्पूर्ण जनताको आधारभूत आवश्यकता पूरा हुनेछ । साथै आर्थिक अवस्था र जीवनशैलीमा परिवर्तन...

वंशलाल तामाङ अध्यक्ष, इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com