भारतमा ‘अत्यधिक गर्मीका’ कारण चार रेलयात्रीको मृत्यु

नयाँ दिल्ली, जेठ २९
भारतमा विगत दुई हप्तादेखि बढेको ‘अत्यधिक गर्मी’का कारण राजधानी नयाँ दिल्लीबाट झाँसी गइरहेको केरला एक्सप्रेसको रेलभित्रै चार जना यात्रीको मृत्यु भएको मङ्गलबार भारतीय अधिकारी तथा प्रत्यक्षदर्शी यात्रुले बताएका छन् । मृतक रेलयात्री चारैजनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको बताइएको छ । मृतकमध्ये एक जना ८१ वर्षीय वृद्ध भएको पनि बताइएको छ । मृतकको शव झाँसीमा रेलबाट उतारिएको छ । आगराबाट ६५ जनाको एक समूह कोयम्बतूर गइरहेको थियो ।

भारतीय रेल सेवाका प्रवक्ता अजित कुमार सिंहले एएफपीलाई भनेअनुसार रेल यात्रुको मृत्युको कारण अत्यधिक गर्मी हुनसक्छ । उनले भने, ‘यो साच्चिकै अकल्पनीय र दुर्भाग्यपूर्ण घटना भएको छ ।’ प्रवक्ता सिंहका अनुसार रेल जव झाँसीनजिकै पुगेको थियो त्यति नै बेला एक यात्रु बिरामी भएको भनेर फोन आएको थियो । तत्काल स्वास्थ्यकर्मीसहितको टोली त्यहाँ पुग्दा यस पहिले नै तीन जनाको मृत्यु भइसकेको उनले बताए ।एक जनाको उपचारका क्रममा अस्पतालमा निधन भएको सिंहले बताए । उक्त दिन उत्तर प्रदेशको झाँसी र वरपरको तापक्रम ४५ डिग्री सेल्सियस रहेको बताइएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com