व्यवसायका लागि अफ्रिकामा प्रशस्त अवसर

आदिस अबाबा, जेठ २९
अफ्रिकी यूनियन (एयू) का पूर्वाधार तथा ऊर्जा आयुक्त अमानी अबुजाइदले अफ्रिकामा विदेशी व्यवसाय र साझेदारीका लागि अत्यन्त उपयुक्त अवसर रहेको बताएका छन् । रुसको सेन्ट पिटर्सबर्गमा हालै आयोजित रुस–अफ्रिका संवाद कार्यक्रममा सम्बोधन गर्दै आयुक्त अबुजाइदले पूर्वाधार, ऊर्जा, डिजिटलाइजेसन, कृषि, शिक्षा र विज्ञान प्रविधिका क्षेत्रमा लगानीका अवसर रहेको बताएका हुन् । विश्वव्यापी मामिलामा अफ्रिकाको आवाज एकै हुने गरेको र यो महादेश अझ बढी एकताबद्ध रहेको चर्चा गर्दै उनले भने, ‘लगानीकर्ता र व्यावसायिक साझेदारीका लागि यस्तो एकताले थप सहयोग गर्दछ ।’ रुस–अफ्रिका संवादका क्रममा रुस र अफ्रिकी मुलुकहरुबीचको रणनीतिक साझेदारीलाई अझ विस्तृत तुल्याउने विषयमा छलफल भएको बताइएको छ । उक्त संवादमा अफ्रिकाका ५५ मुलुकको सहभागिता रहेको थियो । अफ्रिकी संवादका अवसरमा आयुक्त अबुजाइदले अन्तर्रा्ष्ट्रिय कम्पनीहरुका उच्च व्यक्तित्वसँग अफ्रिकी महादेशभित्र क्षेत्रीय स्तरका ठूला परियोजनामा लगानीका अवसर बारेमा द्विपक्षीय छलफल समेत गर्नुभएको थियो । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com