१३ जनासहित बेपत्ता भारतीय विमानको भग्नावशेष भेटियो

नयाँ दिल्ली, जेठ २९
भारतीय अधिकारीहरूले एक हप्ता पहिले १३ जनासहित बेपत्ता भारतीय विमानको भग्नावशेष भेटिएको बताएका छन् । विमानको भग्नावशेष भारतको उत्तरपूर्वी अरूणाञ्चल प्रदेशको हिमाली क्षेत्रमा चीनको सीमानजिकै भेटिएको भारतीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । तत्कालीन सोभियत संघमा निर्मित भारतीय हवाई बल (आइएएफ) को विमान गत जुन ३ गते चालकदलका आठ र पाँच सर्वसाधारण यात्रु लिएर उडेको करिब ३५ मिनेटपछि विमानस्थलसँग सम्पर्कविच्छेद भएको थियो ।

आइएएफले ट्वीटरमार्फत सम्प्रेषण गरेको सन्देशमा भनिएको छ, ‘गत जुन ३ मा बेपत्ता विमान एएन–३२ को भग्नाबशेष मङ्गलबार करिब १२ हजार मिटरको उचाइमा भारतीय हिमाली क्षेत्रमा भेटिएको छ । ‘विमानको भग्नावशेष भेटिएसँगै विमानमा रहेका चालक दलका सदस्य र सर्वसाधारण यात्रुको अवस्थाबारे वास्तविकता पत्ता लगाउन प्रयास जारी रहेको छ’, आइएएफको ट्वीटर सन्देशमा उल्लेख छ । बेपत्ता विमानको खोजी प्रयासमा कठिनाइ भएपछि भारतीय अधिकारीले विमानको अवस्थाबारे सूचना ल्याउने व्यक्तिलाई पाँच लाख ५० हजार भारतीय रूपैयाँको पुरस्कार घोषणा गरेको थियो ।

प्रशासनले उक्त क्षेत्रका गाउँले प्रमुखलाई खोजीका लागि समूह बनाएर विमान वेपत्ता भएको अनुमान गरिएकोे मेचुका जङ्गल क्षेत्रमा जान निर्देशन गरेको थियो । सन् २०१६ मा पनि चेन्नईबाट अन्दामन र निकोबार टापूतर्फ उडेको विमान बङ्गालको खाडीमाथिबाट २९ जना यात्रुसहित बेपत्ता भएको थियो जसकोे बारेमा अहिलेसम्म कुनै जानकारी भेटिएको छैन । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com