बंगलादेशले २ लाख ५० हजार टन धान किन्ने

ढाका, जेठ २९
बंगलादेशी सरकारले थप २ लाख ५० हजार मेट्रिक टन प्रतिकिलो २६ टाकाको दरमा यो सिजनमा खरिद गर्ने भएको छ । सरकारले किसानहरुबाट सिधै उक्त परिमाणमा धान खरिद गर्ने खाद्यमन्त्री साधन चन्द्र मजुम्दारले बताए । किसानले सस्तो मूल्यमा बिक्री गर्नुपरेको बताउँदै उनले सरकारले समस्या समाधान गर्न उक्त परिमाणमा धान खरिद गर्ने जानकारी दिए ।

त्यस्तै सरकारले देशको विभिन्न क्षेत्रमा ५ हजार टन क्षमताको धान भण्डारण गृह समेत निर्माण गर्ने भएको छ । कृषिमन्त्री अब्दुर राजाकीले किसाबाट सिधै धान किनेर सरकारले नै मिलमा धान कुटी चामल बनाउने जानकारी दिएको द डेलिस्टार अनलाइनले जनाएको छ । सरकारले यसअघि नै १० लाख मेट्रिक टन उसिनेको चामल र डेढ लाख मेट्रिक टन नउसिनेको चामल बनाउने निर्णय गरेको थियो । जुन गत अप्रिल २५ बाट त्यसको प्रक्रिया सुरु भइसकेको छ भने अगष्ट ३१ सम्म जारी रहनेछ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com