खडेरी प्रभावित केन्यालाई चीनले दियो १२ हजार टन चामल

नैरोबी, जेठ २९
चीनले लामो खडेरीबाट सर्वाधिक प्रभाव परेको केन्याका लागि ११ हजार आठ सय ३५ टन चामल प्रदान गरेको चिनियाँ अधिकारीहरुले बताएका छन् । केन्याका लागि चिनियाँ राजदूत ऊ पेङले उक्त सहयोगको पहिलो खेप सुख्खा प्रभावित इलाकामा वितरण भइसकेको र बाँकी चामल पनि वितरणको क्रममा रहेको बताए । राजदूत पेङले दोस्रो खेपका रुपमा अरु एक हजार पाँच सय टन चामल ढुवानीको कार्य भइरहेको जानकारी दिए । उनले चीनको सहयोगमा आएको चामल एक समारोहबीच केन्याली अधिकारीहरुलाई हस्तान्तरण पनि गरेका छन् । सन् २०१७ मा चीन सरकारले केन्याका निम्ति करिब दुई करोड २० लाख अमेरिकी डलर बराबरको आतकालीन मानवीय खाद्यान्न सहयोग उपलब्ध गराउने घोषणा गरेको थियो । सन् १९६३ मा स्वतन्त्र भएयता केन्यालाई चीन सरकारले सयभन्दा बढी परियोजनामा वित्तीय सहयोग गरेको छ । यस्तो सहयोगमा अनुदान, निर्ब्याजी ऋण र सहुलियत ऋण रहेको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

जनतालाई भार नहोस् भनेर करको न्यून दर तोकेका छौं

नमूना गाउँपालिका बनाउने धेरै योजना छन् । पहिलो कुरा पालिकालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सम्पन्न बनउनुपर्दछ । त्यसका साथै भौतिक विकासमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्रमुखताका साथ अघि बढाएका छौं । जनतालाई आत्मनिर्भर तथा स्वरोजगार कार्यक्रमहरु सञ्चालनमा ल्याएकोले आगामी दुई/तीन वर्षभित्र पालिकाका सम्पूर्ण जनताको आधारभूत आवश्यकता पूरा हुनेछ । साथै आर्थिक अवस्था र जीवनशैलीमा परिवर्तन...

वंशलाल तामाङ अध्यक्ष, इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com