तीन सहकारीलाई स्वरोजगार कोषको एक करोड २५ लाख रुपैया“


पाचँथर । पाँचथरका तीन सहकारी संस्थाले युवा स्वरोजगार कार्यक्रमका लागि एक करोड २५ लाख रुपैयाँ बराबरको रकम सम्झौता गरी ऋण लगानी सुरु गरेका छन् । युवा वर्गलाई स्वरोजगारतर्फ लाग्न सहयोग गर्ने उद्देश्यका साथ युवा स्वरोजगार कोषले सञ्चालन गरेको कार्यक्रमका लागि यसअघि पाँचथरका तीन सहकारी छनौट भएका थिए । छनौट भएका सहकारीहरूले उक्त रकमबराबरको सम्झौता गरेसँगै पहिलो चरणमा  ३० लाख रुपैयाँ रकम लिएर कार्यक्रम अगाडि बढाएका हुन् ।
सदरमुकाम फिदिममा रहेका हातेमालो बहुउद्देश्यीय सहकारी, कुरुम्बा गाविसमा रहेको कुरुम्बा कृषि सहकारी र एकतीन गाविसमा रहेको गरिमा कृषि सहकारी संस्थाले कार्यक्रम सञ्चालनका लागि सम्झौता गरेका थिए । यी सहकारी संस्थामध्ये हातेमालोले सबैभन्दा धेरै ५० लाख रुपैयाँ बराबरको सम्झौता गरेको छ । सम्झौता गरेको रकम चरणबद्ध रूपमा सहकारीले प्राप्त गरेर ऋण लगानी गर्ने बताइएको छ ।
हातेमालोले पहिलो चरणमा  १५ लाख रुपैयाँ रकम कोषबाट लिई ऋण लगानी गरेको छ । हातेमालोका सचिव सूर्य निरौलाका अनुसार सहकारीले पहिलो चरणमा प्राप्त गरेको रकम २० युवालाई ऋण स्वरूप उपलब्ध गराएको छ । गाईपालन, तरकारी, मसलाजन्य खेतीमा लाग्न इच्छुक युवालाई उक्त रकम लगानी गरिएको सचिव निरौलाले जानकारी दिनुभयो । 
कुरुम्बा कृषि सहकारीले  ४० लाख रुपैयाँको सम्झौता गरेको सहकारीका अध्यक्ष खड्कसिंह योङहाङले जानकारी दिनुभयो । पहिलो चरणमा सहकारीले रु १० लाख रकम पाएको छ । सहकारीले प्राप्त गरको रकम सहकारीमा रहेका २० वटा समूहमार्फत युवालाई लगानी गर्ने तयारी गरेको छ । सहकारीमा भएका समूहमार्फत गाई, बाख्रा र बङ्गुरपालनका लागि ऋण लगानी गरिने सहकारीले जनाएको छ । 
त्यस्तै, कोषसँग गरिमा सहकारीले ३५ लाख रुपैयाँ बराबरको सम्झौता गरेको छ । सम्झौता गरिएको रकममध्ये पहिलो चरणमा १० लाख रुपैयाँ रकम लिइएको सहकारीका व्यवस्थापक चन्द्रकला लामिछानेले जानकारी दिनुभयो । सहकारीले तीन लाखबराबरको ऋण लगानी गरिसकेको छ । 
पन्ध्रदेखि ५० वर्ष उमेर समूहलाई ऋण लगानी गर्ने गरिएको छ । धितो राखेर १२ प्रतिशत ब्याजमा ऋण लगानी गरिरहेको कुरुम्बा सहकारी संस्थाका अध्यक्ष योङ्हाङले जानकारी दिनुभयो । १२ किस्तामा ऋण तिर्ने गरी ऋण दिइएको हो । एकजना बराबर बढीमा दुई लाख रुपैयाँ लगानी गर्ने प्रावधान रहेको छ । सहकारीले लगानी गरेको रकम निश्चित समयपछि कोषलाई किस्ताबन्दीमा फिर्ता गर्नुपर्ने बताइएको छ । नियमित ब्याज बुझाउने ऋणीलाइ ब्याज छुटको पनि व्यवस्था रहेको छ । रासस

प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

ठग विपेन्द्रराज बतासबाट ठगिएका पहारी र श्रेष्ठको प्रश्न : मुद्दा दर्ता हुँदा पनि कास्की प्रहरीले किन पक्रिएको छैन ?

बतासजीसँग हाम्रो ५/६ वर्ष पहिलेदेखि चिनजान हो । हामीले पोखरामा होटल सिम्रिक बिक्रीमा छ भन्ने कुरा दाजु–भाइले थाहा पाएपछि त्यो लिन इच्छुक भयौँ । त्यो होटल रामकृष्ण देवकोटाको नाममा थियो । उहाँलाई हामीले बैना ग-यौँ । पाँच महिनासम्म त्यो हामीलाई पास गरेर दिन सक्नुभएन । विपेन्द्रराज बतासले टोप बहादुर परियारबाट जग्गा लिनुभएको...

जनकराज पहारी, दालप्रसाद श्रेष्ठ
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com