Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजेडटीईको नुबिया एयर र नुबिया भि८० डिजाइन सार्वजनिक

जेडटीईको नुबिया एयर र नुबिया भि८० डिजाइन सार्वजनिक


काठमाडौं । ग्लोबल टेक जाएन्ट जेडटीई कर्पोरेसनले नेपालमा आफ्ना दुई नयाँ स्मार्टफोन मोडेलहरू जेडटीई नुबिया एयर र जेडटीई नुबिया भि८० डिजाइन सार्वजनिक गरेको छ ।

उच्च प्रदर्शन र आकर्षक डिजाइनका स्मार्टफोन सहज मूल्यमा उपलब्ध गराउने प्रतिबद्धतालाई निरन्तरता दिँदै यी दुबै मोडेल शून्य प्रतिशत ब्याजदरको मासिक किस्ताबन्दीको सुविधासहित उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यसले एड्भान्स्ड स्मार्टफोन प्रविधिलाई नेपाली उपभोक्ताका लागि अझ सहज र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ । नयाँ जेडटीई नुबिया एयरले स्लिम स्मार्टफोन इन्जिनियरिङमा नयाँ मापदण्ड स्थापित गरेको छ । केवल ५.९ मिलिमिटर मोटाइको यस स्मार्टफोनले प्रिमियम बनावट र मजबुत टिकाउपनलाई एकसाथ ल्याएको छ । यसमा ६.७८ इन्चको १.५ के एमोलेड डिस्प्ले छ, जसलाई कोर्निङ गोरिल्ला ग्लास ७आईले सुरक्षित गरेको छ । साथै, आईपी६८, आईपी६९ र आईपी६९के धुलो तथा पानी प्रतिरोध उपलब्ध हुनु यस मूल्य श्रेणीमा दुर्लभ संयोजन मानिन्छ ।

युनिसक टी८३०० चिपसेटमा आधारित र एन्ड्रोइड १५मा सञ्चालन हुने नुबिया एयरले सहज र फ्युचर सेन्ट्रिक पर्फर्मेस दिन्छ । यस स्मार्टफोनमा ५० मेगापिक्सेलको प्राइमरी क्यामेरा, २० मेगापिक्सेलको सेल्फी क्यामेरा, र ३३ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने ५,००० एमएएच क्षमताको ब्याट्री भएकोले आनन्दसँग फोन दिनभरि प्रयोग गर्न मिल्छ । ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध यो मोडेलको मूल्य नेपाली रुपैयाँ ३३ हजार नौ सय ९९ तोकिएको छ । यसैगरी, आकर्षक फिनिस र सन्तुलित प्रदर्शन चाहने प्रयोगकर्ताका लागि जेडटीईले नुबिया भि८० डिजाइन पनि सार्वजनिक गरेको छ । एन्ड्रोइड १६ मा चल्ने यो स्मार्टफोन ८ जीबी ¥याम र १२८ जीबी स्टोरेज भेरियन्टमा नेपाली रुपैयाँ १९ हजार ९९९ तथा ८ जीबी ¥याम र २५६ जीबी स्टोरेज भेरियन्टमा नेपाली रुपैयाँ २१ हजार नौ सय ९९ मा उपलब्ध छ ।

एन्ड्रोइड १६मा चल्ने नुबिया भि८० डिजाइन युनिसक टी७२८० चिपसेटद्वारा सञ्चालित छ । यसमा २२.५ वाट फास्ट चार्जिङ र १० वाट रिभर्स चार्जिङ सपोर्टसहित ५ हजार मिलिएम्पियर–आवर क्षमताको ब्याट्री दिइएको छ । फोटोग्राफीका लागि ५० मेगापिक्सेल प्राइमरी एआई क्यामेरा र १६ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध छ, जसले दैनिक फोटो, भिडियो र सञ्चारका आवश्यकतामा भरपर्दो साथ दिन्छ । दुबै स्मार्टफोन अहिले नेपालभरका आधिकारिक जेडटीई विक्रेतामार्फत शून्य प्रतिशत किस्ताबन्दीमा उपलब्ध छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x