माउन्टेन इनर्जी नेपालको २१ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

काठमाडौ । माउन्टेन इनर्जी नेपालको २१ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । कम्पनीका अध्यक्ष प्रदीप जंग पाण्डेको अध्यक्षतामा सोमबार राजधानीमा सम्पन्न बाह्रौं वार्षिक साधारणसभाले लाभांश वितरणलगायतका विभिन्न प्रस्तावहरू पारित गरेको हो ।
साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव अनुमोदन गरेको छ । सभाबाट पारित भएसँगै उक्त लाभांश सेयरधनीहरूलाई वितरण गरिनेछ । सभामा अध्यक्ष पाण्डेद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी स्वीकृति प्रदान गरिएको छ । साथै लेखा परीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा वार्षिक वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पनि पारित गरिएको छ ।
त्यसैगरी, कम्पनी ऐन २०६३ बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय पनि सभाले गरेको छ । प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत पारित भएको छ । हाल माउन्टेन इनर्जी नेपाल लिमिटेडले ४२ मेगावाट क्षमताको मिस्ट्री खोला र ५ मेगावाट क्षमताको तादीखोला जलविद्युत आयोजनाबाट नियमित रूपमा विद्युत् उत्पादन गरिरहेको छ, साथै ६५ मेगावाट क्षमताको दूधखोला जलविधुत् आयोजना निर्माणको चरणमा रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 6
ताजा अपडेट
- वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग
- मेटलाइफ नेपालको २४ वर्ष पूरा
- स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता
- नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
- एनएमबी बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा
- आईसीएफसी फाइनान्सको २२औँ वार्षिक साधारणसभा
- इन्फिनिटी लघुवित्तको त्रैमासिक नाफा तीन करोड
- सिटिजन लाइफद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- सीआईबीका इन्सपेक्टरको सूचनाले बिचौलिया भट्ट र प्रधानमन्त्री कार्कीबीच कुरा मिल्यो
- खराब कर्जासम्बन्धी व्यवस्थामा सहजीकरण, बैंकिङ क्षेत्रको व्यापारसँगै नाफा पनि बढ्ने
- पूर्वप्रधानमन्त्री नेपालको भ्रष्टाचार मुद्दामा विशेष अदालतले माग्यो सक्कल फाइल
- स्वर्गीय पीएल सिंहको प्रथम वार्षिक पुण्य तिथिमा समर्पित
- कांग्रेसका निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा ३ करोड ६८ लाख आर्जनको स्रोत खुलेन
- भिजिट भिसा भ्रष्टाचारका नाइके भट्टराई २५ लाख धरौटीमा छुटे
- हाइकिङ गएका भारतीय राजदूतलाई सेनाको हेलिकोप्टरबाट उद्धार
- यस्तो छ, प्रभु म्यानेजमेन्टसँग जोडिएको मुद्दामा भट्टचनले प्रहरीसमक्ष दिएको बयान
- भिजिट भिसा प्रकरण : प्रमुख अध्यागमन अधिकृत भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- १२ वर्षपछि होटल अन्नपूर्णको डलर खाताबाट कपिल र सिर्जना राणाले अपचलन गरेको ३२ लाख अमेरिकी डलरको छानबिन सुरु
- प्रभु बैंकको व्यवस्थापनमा सीआईबीको बलजफ्ती
- डोल्मा इम्प्याक्टलाई कर छुट नीतिगत भ्रष्टाचारको नमूना
- नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका पीए बज्राचार्यको खातामा घुस ‘ट्रान्सफर’
- तत्कालीन प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव श्रेष्ठको संलग्नतामा शेरा दरबार जग्गा घोटाला !
- टीकापुर जग्गा घोटालामा ८७ जना दोषी ठहर
- नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी
- ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
- सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौँको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी
- शेर्पेनि कोलः साहसीका लागि !
- अमेरिकामा आगलागीबाट करिब दुई हजार घर जले
- सवारी दुर्घटनामा चार जनाको मृत्यु


















तपाईको प्रतिक्रिया