हयात प्लेस बुटवलले ‘न्यु एयर इभ’ मनाउने

काठमाडौं । हयात प्लेस बुटवलले सन् २०२६को नयाँ वर्षलाई स्वागत गर्न आफ्नो विशेष कार्यक्रम ‘न्यु इयर्स इभ अन्डर द स्टार्स’को आयोजना गर्ने भएको छ ।
उक्त कार्यक्रममा सहभागी हुन सबैलाई आमन्त्रित समेत गरिएको छ । खुला आकाशमुनि र ‘पुलसाइड’मा आयोजना हुने यो कार्यक्रममा ‘अनलिमिटेड बेभरेज’, भरपुर मनोरञ्जन र मध्यरातमा ‘काउन्टडाउन’सहितको भव्य उत्सव हुनेछ, जसलाई अविस्मरणिय साँझ बनाउने तयारी गरिएको छ । यो साँझलाई अझ रमाइलो र जीवन्त बनाउन चर्चित सेलिब्रेटी डिजे सुबुही जोशी, स्थानीय ब्यान्डको लाइभ प्रस्तुति, डिजेको जोसपूर्ण संगीत, बेली डान्स तथा आइटम डान्सजस्ता आकर्षक प्रस्तुतिहरू रहनेछन् । साथमा ‘लाइभ बार्बिक्यु’ (बँदेल)को स्वादले माहोललाई सुरुदेखि अन्त्यसम्म ऊर्जाशील बनाउने होटलको दाबी छ ।
कार्यक्रममा सहभागी हुन विभिन्न प्याकेजहरू उपलब्ध गराइएको छ । कपल पार्टी प्याकेज १६ हजार नौ सय ९९ नेपाली रुपैयाँ र १० हजार छ सय २५ भारतीय रुपैयाँ कायम गरिएको छ । जहाँ दुई जनाको लागि प्रवेश, अनलिमिटेड बेभरेज, लाइभ मनोरञ्जन र पुलसाइड काउन्टडाउन समावेश छ । स्टे एन्ड पार्टी प्याकेज २४ हजार नौ सय ९९ रुपैयाँ नेपाली र भारु १५ हजार छ सय २५ तोकिएको छ । यस प्याकेजमा दुई जनाको लागि एक रातको बसाई/स्टे, अनलिमिटेड बेभरेजसहित पार्टी प्रवेश र बिहानको ब्रेकफास्ट समावेश छ । साथै अर्ली बर्ड अफरअन्तर्गत भने कपल पार्टी प्याकेज १२ हजार नौ सय ९९ रुपैयाँ नेपाली र भारु आाठ हजार एक सय २५ तथा स्टे एन्ड पार्टी प्याकेज नेरु १९ हजार नौ सय ९९ र भारु १२ हजार चार सय ९९ रुपैयाँ तोकिएको छ । यो अफर २८ डिसेम्बर २०२५ सम्म मान्य हुनेछ ।
सीमित टेबलहरू मात्र उपलब्ध भएकोले, यो खुला आकाशमुनिको ‘पुलसाइड’ उत्सवले नयाँ वर्षमा पाइला टेक्नको लागि एक ग्ल्यामरस र उत्साहजनक अनुभव प्रदान गर्नेछ । हयात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नागरले नयाँ वर्षमा खुला, ऊर्जावान् र कहिल्यै नबिर्सिने अनुभव प्रदान गर्ने लक्ष्य रहेको बताए । ‘डाँडाकाँडाको सुन्दर दृश्य र लाइभ म्युजिकको जोसका साथ तारामुनि मनाइने यो ‘ओपन स्काई पुलसाइड सेलिब्रेसन’ले स्वतन्त्रता र खुसीको महसुस गराउनेछ’, उनले भने, ‘हाम्रा पाहुनाहरूले सन् २०२६को सुरुवात पूर्ण जोस (भाइब्रेन्सी) र स्टाइलका साथ गरून् भन्ने हाम्रो चाहना हो ।’
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल अर्थतन्त्रको मेरुदण्ड : क्यान महासंघका वरिष्ठ उपाध्यक्ष अधिकारी
- कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति
- भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु
- गरिब बस्तीको जनजीवन अत्यधिक चिसोले कष्टकर
- जापानले एसियामा ५ वर्षभित्र १९ अर्ब डलरका परियोजना सञ्चालन गर्ने
- श्रीलंकालाई आईएमएफको २ करोड डलर बढी सहायता
- लघुवित्त तथा मिटरब्याज पीडितले मागे गभर्नर पौडेलको राजिनामा
- सिद्धार्थ बैंक र नेपाल सोसल बिजनेसबीच युवा उद्यमशीलता प्रवर्द्धनका लागि सहकार्य
धेरैले पढेको
- भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोगदाताको आकर्षण देखिएन
- सीआईबीका इन्सपेक्टरको सूचनाले बिचौलिया भट्ट र प्रधानमन्त्री कार्कीबीच कुरा मिल्यो
- खराब कर्जासम्बन्धी व्यवस्थामा सहजीकरण, बैंकिङ क्षेत्रको व्यापारसँगै नाफा पनि बढ्ने
- पूर्वप्रधानमन्त्री नेपालको भ्रष्टाचार मुद्दामा विशेष अदालतले माग्यो सक्कल फाइल
- स्वर्गीय पीएल सिंहको प्रथम वार्षिक पुण्य तिथिमा समर्पित
- कांग्रेसका निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा ३ करोड ६८ लाख आर्जनको स्रोत खुलेन
- हाइकिङ गएका भारतीय राजदूतलाई सेनाको हेलिकोप्टरबाट उद्धार
- यस्तो छ, प्रभु म्यानेजमेन्टसँग जोडिएको मुद्दामा भट्टचनले प्रहरीसमक्ष दिएको बयान
- भिजिट भिसा प्रकरण : प्रमुख अध्यागमन अधिकृत भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- १२ वर्षपछि होटल अन्नपूर्णको डलर खाताबाट कपिल र सिर्जना राणाले अपचलन गरेको ३२ लाख अमेरिकी डलरको छानबिन सुरु
- नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका पीए बज्राचार्यको खातामा घुस ‘ट्रान्सफर’
- तत्कालीन प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव श्रेष्ठको संलग्नतामा शेरा दरबार जग्गा घोटाला !
- टीकापुर जग्गा घोटालामा ८७ जना दोषी ठहर
- नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी
- ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
- सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौँको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी
- शेर्पेनि कोलः साहसीका लागि !
- अमेरिकामा आगलागीबाट करिब दुई हजार घर जले
- सवारी दुर्घटनामा चार जनाको मृत्यु


















तपाईको प्रतिक्रिया