Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपोखरामा प्रोटोन इमासको विशेष ‘एक्सचेन्ज अफर’

पोखरामा प्रोटोन इमासको विशेष ‘एक्सचेन्ज अफर’


काठमाडौं । जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुने इलेक्ट्रिक सवारीसाधन (ईभी) ब्रान्ड प्रोटोन इमासले पोखरामा विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कम्पनीका अनुसार पोखरामा भोलि पुस ७, ८ र ९ गते विशेष ‘एक्सचेन्ज अफर’ कार्यक्रम सञ्चालन हुनेछ । पोखरामा सिटी स्क्वायर ब्यान्क्वेट एन्ड रेस्टुरेन्ट, न्यूरोडमा हुने कार्यक्रममा विद्यमान सवारीसाधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन इमासका प्रमुख विशेषताहरू, सेवा सुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ । एक्सचेन्ज अफरमा प्रोटोन इमास ७ को मूल्य ४६ लाख ९९ हजार रुपैयाँबाट सुरु हुनेछ । प्रोटोन इमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ भने यसमा १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा एनइडिसी रेन्ज ४९२ र ५८५ रहेको छ । उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो ईभीको लम्बाइ ४६१५ मिमी रहेको कम्पनीले उल्लेख गरेको छ । यस विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक ईभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने भएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x